लायन्स क्लब गेटवेको हरियाली अभियान : मुस्लिम महिला हाईस्कुलमा ५५ वटा बिरुवा रोपियो

Date:

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज ।
‘वृक्षारोपण गरौँ–पर्यावरण जोगाऔँ’ भन्ने मूल नाराका साथ लायन्स क्लब अफ वीरगञ्ज गेटवेले वीरगञ्ज–१४ बहुअरीस्थित कुल्लिया उम्मे कुल्सुम लिल्बनात माध्यमिक विद्यालय (मुस्लिम महिला हाईस्कुल) को परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

आइतबार बिहान आयोजित कार्यक्रममा विद्यालय परिसरमा विभिन्न प्रजातिका करिब ५५ वटा बिरुवा रोपिएको हो। रोपिएका बिरुवामध्ये ४५ वटा अशोकका बिरुवा रहेका छन्।
<span;>लायन्स क्लब अफ वीरगञ्ज गेटवेका अध्यक्ष तथा समाजसेवी लायन्स प्रकाश कुमार उपाध्यायको सभापतित्वमा सम्पन्न कार्यक्रममा एरिया अध्यक्ष सुनिल गुप्ता, क्लबका सचिव कपिलदेव तिवारी, कोषाध्यक्ष वीरेन्द्र आर्य, वकिल रौनियार, फैयाज आलम, इन्जिनियर श्यामबाबु प्रसाद लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक साविर अहमद एराज, विद्यालय व्यवस्थापन समिति अध्यक्ष कासिम अन्सारी, पूर्व अध्यक्ष अजमत आरा, समाजसेवी लतिफुर रहमान, रफिक अन्सारी, अनवर रिजवान, प्रभाकर जैसवाल तथा शिक्षक–शिक्षिकाहरू रोशन आरा, सलमा खातुन, अफसर आलम, नुरजहा बेगम लगायत कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

वृक्षारोपण कार्यक्रममा सहभागी विद्यार्थी तथा विद्यालय परिवारले विद्यालय परिसरलाई हरियाली र स्वच्छ बनाउने उद्देश्यले रोपिएका बिरुवाको संरक्षण तथा नियमित हेरचाह गर्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा बोल्दै लायन्स क्लब अफ वीरगञ्ज गेटवेका अध्यक्ष तथा समाजसेवी लायन्स प्रकाश कुमार उपाध्यायले वातावरण संरक्षण आजको साझा जिम्मेवारी भएको बताउँदै वृक्षारोपणलाई अभियानकै रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

उहाँले वृक्षारोपण कार्यक्रमले विद्यालय परिसरको सौन्दर्य र वातावरणमा सुधार ल्याउनुका साथै बालबालिका तथा विद्यार्थीमा पर्यावरण संरक्षण, हरियाली प्रवर्द्धन र प्रकृतिप्रतिको जिम्मेवारीबोध विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

“वृक्षारोपण गरौँ–पर्यावरण जोगाऔँ भन्ने मूल नाराका साथ गरिएको यस कार्यक्रमले हाम्रा बालबालिका तथा विद्यार्थीहरूमा पर्यावरण संरक्षणप्रति चेतना जागृत गर्ने विश्वास लिएको छु,” अध्यक्ष उपाध्यायले बताउनुभयो।

कार्यक्रममा सहयोग तथा सहभागिता जनाउने सम्पूर्ण समाजसेवी, लायन्स परिवार, विद्यालय परिवार तथा सञ्चारकर्मीहरूलाई क्लबका अध्यक्ष उपाध्यायले धन्यवाद ज्ञापन गर्नुभयो।

वृक्षारोपण कार्यक्रमले विद्यालय परिसरलाई हरियाली बनाउन सहयोग गर्नुका साथै विद्यार्थीलाई वातावरण संरक्षणको व्यवहारिक अभ्याससँग जोड्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...