बिरगंजमा उपभोक्ता सधैं ठगिएको आरोप , प्रमाण दिदा पनि नियमन निकाय मौन : उपभोक्तावादी अजय अधिकारी

Date:

पर्सा पोस्ट, माघ २३ गते , बिरगंज ।
बिरगंजमा उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिसँग गरिएको अन्तरक्रिया कार्यक्रममा उपभोक्ता सधैं ठगिँदै आएको र सम्बन्धित निकायलाई प्रमाणसहित जानकारी गराउँदा पनि कुनै ठोस कार्यान्वयन नभएको आरोप लगाइएको छ।

बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको आयोजनामा आज बिरगंज उद्योग वाणिज्य संघको सभाहलमा आयोजित “उद्योग वाणिज्यका प्रतिनिधिसँग अन्तरक्रिया–२०८२” कार्यक्रम विभागका महानिर्देशक रोशन ज्ञवालीको अध्यक्षतामा तथा बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा विभागका निर्देशक तारानाथ लुइँटेलले विभागको कार्यक्षेत्र तथा विद्युतीय व्यापार (ई–कमर्स) सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत कार्यपत्रमा वाणिज्य व्यवसाय दर्ता, नवीकरण, संशोधन, खारेजी, निकासी–पैठारी इजाजत तथा सहजीकरण, वैदेशिक व्यापार नियमन, आपूर्ति अनुगमन तथा उपभोक्ता संरक्षण, कम्पनी दर्ता स्वीकृति, ई–कमर्स सूचीकरण, प्रारम्भिक प्रावधान, मुख्य परिभाषा, विद्युतीय व्यापार सञ्चालन, विद्युतीय प्लेटफर्म, खुलाउनुपर्ने विवरण, कसुर र सजाय तथा नेपालमा ई–कमर्सका चुनौतीबारे जानकारी गराइएको थियो।

कार्यपत्र प्रस्तुतीपछि बोल्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले विभागद्वारा नियुक्त निरीक्षण अधिकृतलाई “म्यादी प्रहरी”को संज्ञा दिँदै कडा आलोचना गर्नुभएको थियो। उहाँले ७५३ पालिकाका कार्यकारिणी प्रमुख र ७७ सहायक प्रमुख जिल्ला अधिकारीलाई विभागले अधिकार प्रत्यायोजन गरे पनि ती निरीक्षण अधिकृतहरूले व्यवहारमा के काम गरे भन्ने प्रश्न उठाउनुभयो।

“कुर्सीमा बस्दैमा जे पनि गर्न मिल्छ ? अनुगमन प्रगति प्रतिवेदन माग्दा म्यादी प्रहरीजस्तै बनेका निरीक्षण अधिकृतसँग बजारमा कति पटक अनुगमन गरेको विवरण नै छैन,” अधिकारीले आरोप लगाउनुभयो। उहाँले ती निरीक्षण अधिकृतहरू खेताला खटाएर, आफूखुसी व्यक्ति पठाएर बजार अनुगमन गर्ने गरेको र यसरी बजार सुधार सम्भव नहुने टिप्पणी गर्नुभयो।

अधिकारीले सवारी साधन मार्फत अरबौँ रुपैयाँको ठगी भइरहेको दाबी गर्दै आफूसँग त्यससम्बन्धी प्रमाण रहेको उल्लेख गर्नुभयो। त्यस्ता ठगीमा संलग्न व्यक्तिहरूमाथि तत्काल कारबाही गर्न विभागका महानिर्देशकलाई उहाँले आग्रह गर्नुभयो।

नजिकिँदै गरेको निर्वाचनसँगै बजारमा खाद्यान्नको मूल्य अस्वाभाविक रूपमा बढ्दै गएको, ग्यासको अभाव सिर्जना भइरहेको र सधैं उपभोक्ता मात्र ठगिनु पर्ने अवस्था आएको भन्दै अधिकारीले “यसलाई हेर्ने को हो ?” भन्ने उल्टो प्रश्नसमेत कार्यक्रममा उठाउनुभएको थियो।

उपभोक्तावादीहरूले प्रमाणसहित जानकारी गराउँदा पनि सम्बन्धित निकाय सचेत नबनेको र कार्यान्वयन कमजोर हुँदा दिनानुदिन बजार बिग्रँदै गएको आरोप कार्यक्रममा व्यक्त गरिएको थियो।

स्वागत मन्तव्य बाणिज्य , आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग अनुगमन शाखाका निर्देशक नरहरी तिवारीले र कार्यक्रम संचालन बाणिज्य ,आपूर्ति तथा तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंजका निमित्त कार्यालय प्रमुख सुनिल चौरसियाले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...

बिरगंजमा सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । सशस्त्र प्रहरी बल...