पर्सा -२ का सान्सद सुशिल साह कानुलाई विरगंज रिपोर्टद्वारा सम्मान , जनतामुखी काम गर्ने प्रतिबद्धता दोहोर्‍याए

Date:

पर्सा पोस्ट, चैत २६ गते, वीरगंज।
पर्सा क्षेत्र नं. २ का नव निर्वाचित प्रतिनिधिसभा सदस्य सुशिल साह कानुलाई बधाई तथा सम्मान स्वरूप मायाको चिनो प्रदान गरिएको छ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा–२ बाट प्रत्यक्ष निर्वाचित भएका सांसद कानुलाई वीरगंजबाट सञ्चालित ‘वीरगंज रिपोर्ट डटकम’ परिवारले विशेष सम्मान गरेको हो।

वीरगंज रिपोर्टका सञ्चालक प्रदीप साहको नेतृत्वमा पुगेको टोलीले घडिअर्वा पोखरीस्थित पार्टी कार्यालयमा सांसद कानुलाई भेटी बधाई ज्ञापन गर्दै मायाको चिनो प्रदान गरेको थियो। उक्त टोलीमा संवाददाता अनुज गुप्ता र रोहित वर्णवाल लगायतको उपस्थिति रहेको थियो।

सम्मान कार्यक्रममा बोल्दै सांसद कानुले आफू वडाध्यक्ष रहँदादेखि नै जनताको सुख–दुःखमा साथ दिँदै आएको स्मरण गराए। उनले जनताको विश्वासकै कारण आफू संसदसम्म पुगेको उल्लेख गर्दै अब पर्सा–२ का जनताको अपेक्षा अनुसार विकास, पूर्वाधार र सेवा प्रवाहमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, “जनताको समस्या बुझेर समाधान गर्नु नै मेरो मुख्य दायित्व हो। अब ती समस्यालाई संसदसम्म पुर्‍याएर दीर्घकालीन समाधान खोज्ने दिशामा निरन्तर लागिरहनेछु।”
सांसद कानु यसअघि वीरगंज महानगरपालिका वडा नं. १० का वडाध्यक्ष रहँदा स्थानीय स्तरमा प्रभावकारी विकास निर्माणका काम गर्दै लोकप्रिय बनेका थिए। स्थानीय जनताले उनको कार्यशैलीप्रति विश्वास जनाउँदै यसपटक संसदमा प्रतिनिधित्व गराएका हुन्।

कार्यक्रमले नयाँ निर्वाचित जनप्रतिनिधि र सञ्चारकर्मीबीचको सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...