प्रहरी कार्यालय पर्सामा ७१औँ प्रहरी दिवस मनाइयो योगदान पुर्‍याउने व्यक्ति सम्मानित

Date:

पर्सा पोस्ट , असोज ३० गते , बिरगंज ।

जिल्ला प्रहरी कार्यालय पर्सामा नेपाल प्रहरीको ७१ औँ प्रहरी दिवस विशेष समारोहका बीच सम्पन्न भएको जनाइएको छ । प्रहरी दिवसका अवसरमा शान्ति–सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा प्रहरी र नागरिकबीचको सम्बन्ध सुदृढ बनाउन योगदान पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थालाई कदरपत्र प्रदान गरी सम्मान गरिएको छ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पर्सा जिल्ला अदालतकी न्यायाधीश देवीकुमारी चौधरी, नेपाली सेनाको श्री श्रीजंग गणका प्रमुख सेनानी लोकेन्द्र कार्की, वीरगञ्ज उद्योग वाणिज्य संघका हरिप्रसाद गौतम, जिल्ला सरकारी वकिल कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख अनन्तराज न्यौपाने, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका निमित्त सशस्त्र प्रहरी नायब उपरीक्षक बालकृष्ण महर्जन, पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)पवन भट्टराई तथा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप–अनुसन्धान निर्देशक सन्तोष ढुंगेल लगायतको उपस्थिति रहेको थियो।

समारोहको सुरुवातमा प्रमुख अतिथि, अतिथिगण, सञ्चारकर्मी तथा अमर प्रहरीका परिवारजनलाई स्वागत गरिएको थियो। कार्यक्रममा कर्तव्यपालनका क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्र र नागरिकको सुरक्षाका लागि उनीहरूले पुर्‍याएको योगदानको स्मरण गरिएको थियो। साथै, अमर प्रहरीका परिवारजनप्रति सम्मान व्यक्त गरिएको थियो।

दिवसकै अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी प्रशासनलाई विभिन्न माध्यमबाट सहयोग पुर्‍याउने सामाजिक संघ–संस्था, सामुदायिक प्रहरी साझेदारी कार्यक्रमका प्रतिनिधि, उद्योगी, व्यापारी, सञ्चारकर्मी तथा उत्कृष्ट कार्य गर्ने व्यक्तिहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरेको जनाइएको छ ।

शान्ति–सुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न तथा प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन स्थानीय समुदाय, उद्योगी–व्यवसायी र सञ्चार क्षेत्रले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै प्रहरी प्रशासनले सहयोगी सबैप्रति आभार व्यक्त गरेको छ।

कार्यक्रमले प्रहरी र नागरिकबीचको सहकार्यलाई थप सुदृढ बनाउनुका साथै समाजमा शान्ति, सुरक्षा र सद्भाव कायम गर्न सामूहिक प्रयास आवश्यक रहेको सन्देश दिएको जनाइएको छ। प्रहरी प्रशासनलाई प्रभावकारी बनाउन नागरिकको सहयोग, सहकार्य र विश्वास महत्त्वपूर्ण हुने कुरामा समेत जोड पुग्नेअपेछा गरिएको छ । उक्त कार्यक्रम सहभागीभएका सम्पुर्णमा शुभकामना धन्यवाद ज्ञापन गर्नु भई कार्यक्रम समापन भएको जिल्ला प्रहरी पर्सा प्रमुख एसपी पवनकुमार भट्टराईले जानकारी दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...