Mission 5000 Cataract operation अभियान मार्फत ३७१ जनाको नि:सुल्क मोतिया बिन्दु शल्यक्रिया सम्पन्न

Date:

पर्सा पोस्ट, मंसिर १५ गते, बिरगंज ।
Mission 5000 Cataract Operation को लक्ष्यअनुसार लायन्स क्लब बिरगंज परिवारद्वारा सञ्चालन भइरहेको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया अभियान निरन्तर गतिमा अघि बढिरहेको छ। बिरगंज सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोग तथा तिलगंगा आँखा अस्पताल, काठमाडौंका वरिष्ठ विशेषज्ञ चिकित्सकहरूको सहकार्यमा हालसम्म ३७१ जना बिरामीको शल्यक्रिया पूर्णतः निःशुल्क रुपमा गरिएको क्लबले जानकारी दिएको छ।

बारा–पर्सा क्षेत्रका बृद्धबृद्धा मोतिया बिन्दुका कारण दृष्टि गुमाउँदै जाने अवस्थामा रहेकाले लायन्स क्लब बिरगंज परिवार समुदाय स्तरमै आँखा स्वास्थ्य सेवा पुर्‍याउन सक्रिय रुपमा लागिरहेको अध्यक्ष लायन नरोत्तम पाण्डेले बताए।

उनका अनुसार घर–घर, बस्ती–बस्तीमा पुगेर प्रारम्भिक आँखा परीक्षण गरिँदै आएको छ भने अपरेशन आवश्यक पर्ने बिरामीलाई सामुदायिक आँखा अस्पतालमा लगेर तिलगंगा आँखा अस्पतालका विशेषज्ञ चिकित्सकहरूबाट अत्याधुनिक प्रविधिमार्फत शल्यक्रिया गरिँदै आएको छ।

Mission 5000 अन्तर्गत लक्ष्यकृत ५००० शल्यक्रिया पूरा नहुञ्जेलसम्म यो सेवा निरन्तररूपमा निःशुल्क जारी रहने क्लबले जनाएको छ। स्वास्थ्य सेवा, सामाजिक उत्तरदायित्व र मानवीय सहयोगलाई प्राथमिकतामा राख्दै आँखा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको लायन्स क्लब बिरगंज परिवारले दृष्टि पुनर्स्थापना हुँदै हजारौँ नागरिकको जीवनमा फेरि उज्यालो फर्कने विश्वास व्यक्त गरेको छ।

क्लबले अभियानलाई अझ प्रभावकारी बनाउन सहयोग, साथ र सहकार्यको अपिल समेत गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...