जनतामाझ पुगे सान्सद सुशील कुमार कानु :” जनता भन्दा ठूला कोही छैनन् “

Date:

पर्सा पोस्ट , चैत २६ गते , वीरगञ्ज ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं पर्सा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य माननीय सुशील कुमार कानुले आज बिहान करिब ७:३० बजे वीरगञ्ज महानगरपालिका वडा नं. २६ अन्तर्गत अठारहाँ टोलस्थित शिव मन्दिरको प्राङ्गणमा स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट तथा समस्या संकलन कार्यक्रम सम्पन्न गर्नुभएको छ।

कार्यक्रममा वडा नं. २६ का स्थानीय बासिन्दाहरूले माननीय कानुलाई हार्दिक स्वागत, अभिनन्दन तथा धन्यवाद व्यक्त गरेका थिए। भेटघाटका क्रममा स्थानीयहरूले आफ्ना दैनिक जीवनसँग सम्बन्धित विविध समस्याहरू बुन्दागत रूपमा प्रस्तुत गरेका थिए।

स्थानीयवासीहरूले विगत तीन वर्षभन्दा बढी समयदेखि करिब ५ सय बिघा कृषि भूमि डुबानमा परिरहेको गम्भीर समस्या उठाउँदै उक्त अवधिको गुठी/राजस्व मिनाहा गरिनुका साथै प्रभावित किसानहरूलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्। साथै, कृषिका लागि आवश्यक मल, बिउको समयमै उपलब्धता तथा सिँचाइको स्थायी समाधानका लागि नहरहरूको पुनः सञ्चालन सुनिश्चित गरिनुपर्नेमा जोड दिएका छन्।

यसैगरी, युवाहरूका लागि ऐलानी जग्गामा खेल मैदान, पार्क, जिम तथा अध्ययनका लागि पुस्तकालय जस्ता संरचनाहरू निर्माण गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको थियो।
उक्त विषयहरूमा प्रतिक्रिया जनाउँदै सांसद सुशील कुमार कानुले प्रस्तुत सबै समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यथाशीघ्र आवश्यक पहल गरी प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

निर्वाचनका बेला आफू निर्वाचित भएपश्चात् यस क्षेत्रका जनताको समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै सांसद कानुले सोही प्रतिबद्धता अनुरूप जनतामाझ पुगेर समस्या बुझ्ने अभियानलाई तीव्रता दिएको बताउनुभयो। उहाँले “जनता भन्दा ठूला कोही छैनन्” भन्दै सबैको साथ र सहयोगको अपेक्षा समेत गर्नुभएको थियो।

सांसद कानुले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोमै पुगेर जनताको समस्या बुझ्ने अभियानलाई निरन्तरता दिने उल्लेख गर्दै संसद् केवल सदनमै सीमित नभई जनताको घरदैलोमै पुग्नुपर्छ भन्ने सन्देश दिनुभएको छ। यस अभियानमार्फत जनप्रतिनिधि र जनताबीचको दूरी घटाउँदै प्रत्यक्ष रूपमा समस्या समाधानतर्फ अग्रसर हुने प्रयास गरिएको उहाँको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...

बिरगंजमा सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । सशस्त्र प्रहरी बल...