दृष्टि अपांगता भएका खेलाडीका लागि ५ दिने क्रिक्रेट प्रशिक्षण सम्पन्न

Date:

पर्सा पोस्ट, चैत २५ गते, वीरगञ्ज ।
दृष्टि सम्बन्धी अपांगता भएका खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मधेश प्रदेश नेत्रहीन क्रिकेट संघद्वारा आयोजित ५ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। राउण्ड टेबल नेपाल BFRT–8 को सहयोगमा वीरगञ्ज–५ स्थित मुनलाइट स्कुलमा सञ्चालन गरिएको कार्यक्रम बुधबार समापन गरिएको हो।

देशका १२ जिल्लाबाट आएका २४ जना खेलाडी सहभागी रहेको कार्यक्रममा रुपशिला जैसवालको अध्यक्षता तथा रास्वपाका वीरगञ्ज महानगर सभापति अमन अलीको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि अलीले सेवा र सहयोगले मानवता सुदृढ हुने उल्लेख गर्दै यस्ता प्रतिभालाई राज्यले उचित सहयोग गर्नुपर्ने बताए।

विशिष्ट अतिथि प्रहरी नायब उपरीक्षक राजु कार्कीले खेलमार्फत अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान स्थापित गर्न सकिने भन्दै खेलाडीहरूलाई निरन्तर मेहनत गर्न प्रेरित गरे। लायन्स क्लब अफ वीरगञ्ज सेसमीकी अध्यक्ष पिया सिंहले दृष्टिविहीन खेलाडीहरूको आत्मबलको प्रशंसा गर्दै राज्यले उनीहरूको जिम्मेवारी लिनुपर्ने धारणा राखिन्।

प्रशिक्षण अवधिमा सहभागी खेलाडीहरूलाई दुई टोली (सगरमाथा र कञ्चनजंघा) मा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो। फाइनल खेलमा सगरमाथा टोली १२ रनले विजयी भएको छ भने मिथलेश पण्डित ‘म्यान अफ द म्याच’ घोषित भए। कार्यक्रममा उत्कृष्ट प्रदर्शनका आधारमा १४ खेलाडी छनोट गरिएको छ, जसले आगामी वैशाख ५–८ गते चितवनमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछन्।

कार्यक्रममा विभिन्न सहयोगी संस्था तथा व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो। आयोजकले यस्ता कार्यक्रममार्फत दृष्टि अपांगता भएका खेलाडीहरूको प्रतिभा उजागर गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उचाल्ने लक्ष्य लिएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...