स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

Date:

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी चम्पारण ।  आधुनिक जीवनशैलीले मानिसलाई सुविधा र प्रविधिको पहुँच त दिएको छ, तर त्यससँगै अस्वस्थ बानी, मानसिक तनाव र विभिन्न शारीरिक समस्या पनि बढ्दै गएको सामाजिक अभियन्ता बिमल सर्राफले बताएका छन्। लायन्स क्लब अफ रक्सौलका अध्यक्षसँग मिडिया इन्चार्ज, भारत विकास परिषद् रक्सौलका सेवा संयोजक तथा सामाजिक कार्यकर्ता सर्राफले प्रेससँग कुराकानी गर्दै सन्तुलित जीवनशैली अपनाउन सबैलाई आग्रह गरेका हुन्।

उनले आधुनिक जीवनशैलीको नकारात्मक प्रभावका कारण मानिसहरू मानसिक तनाव, अनिद्रा, उच्च रक्तचाप, मधुमेह लगायतका विभिन्न रोगबाट प्रभावित हुँदै गएको उल्लेख गरे। “मानिसले आफ्नो जीवनशैलीलाई समयमै सुधार नगर्ने हो भने भविष्यमा यसले गम्भीर सामाजिक र स्वास्थ्य समस्या निम्त्याउन सक्छ,” उनले बताए।

सर्राफका अनुसार स्वस्थ जीवनको आधार चार मुख्य आयाममा निर्भर हुन्छ — आहार, विहार, व्यवहार र विचार।
उनले हल्का, सन्तुलित र पौष्टिक आहारलाई स्वस्थ जीवनको पहिलो शर्तका रूपमा व्याख्या गर्दै भोक लागेपछि मात्र भोजन गर्नुपर्ने बताए। “खाना जस्तो हुन्छ, मन पनि त्यस्तै बन्छ,” भन्ने भनाइलाई स्मरण गराउँदै उनले खानाले शरीरसँगै मानसिक अवस्थालाई पनि असर गर्ने बताए।

त्यसैगरी, विहार अर्थात् दैनिक दिनचर्या व्यवस्थित र अनुशासित हुनुपर्नेमा उनले जोड दिए। समयमै सुत्ने, बिहान चाँडै उठ्ने, नियमित व्यायाम गर्ने तथा काम र विश्रामबीच सन्तुलन कायम राख्न सके जीवनमा सकारात्मक परिवर्तन आउने उनको भनाइ थियो।

व्यवहारका सन्दर्भमा उनले नम्र बोली, सहिष्णुता र सहयोगी भावना समाजमा सद्भाव कायम राख्न अत्यन्त आवश्यक रहेको बताए। “मानिसको बोलीले सम्बन्ध निर्माण पनि गर्छ र बिगार पनि सक्छ, त्यसैले बोलाइ र व्यवहार मर्यादित हुनुपर्छ,” उनले भने।

विचारलाई जीवनको सबैभन्दा सूक्ष्म तर शक्तिशाली पक्षको रूपमा व्याख्या गर्दै उनले सकारात्मक सोचले व्यक्तिको चरित्र र भविष्य निर्माण गर्ने धारणा व्यक्त गरे। उनका अनुसार सकारात्मक, तर्कसंगत र प्रेरणादायी सोचले मानिसलाई सफलता र आत्मसन्तुष्टितर्फ डोर्‍याउँछ।

सर्राफले स्वस्थ समाज निर्माणका लागि प्रत्येक व्यक्तिले आफ्नो जीवनशैली सुधारतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै सन्तुलित आहार, नियमित दिनचर्या, सभ्य व्यवहार र सकारात्मक विचार अपनाउन सबैलाई आग्रह गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...