पर्सा पोस्टको समाचारको प्रभाव : घडिअर्वा पोखरीको डिजिटल डिस्प्लेबाट मदिराजन्य बिज्ञापन हटाइयो

Date:

पर्सा पोस्ट, माघ २३ गते, वीरगञ्ज ।
वीरगञ्ज महानगर क्षेत्रमा मदिरा तथा सुर्तीजन्य पदार्थको सार्वजनिक स्थानमा खुलेआम विज्ञापन भइरहेको विषयमा पर्सा पोस्ट अनलाइनले यही माघ १९ गते सोमबार “बिरगंजमा मदिरा तथा सुर्तीजन्य पदार्थको सार्वजनिक विज्ञापन खुलेआम, नियामक निकाय मौन” शीर्षकमा समाचार प्रकाशित गरेपछि त्यसको प्रत्यक्ष प्रभाव देखिएको छ।

समाचार प्रकाशित भएको केही दिनमै वीरगञ्जको आदर्शनगरबाट गीता मन्दिरतर्फ जाने बाटोमा रहेको घडिअर्वा पोखरीको मुख्य पर्खालमा जडान गरिएको डिजिटल डिस्प्लेमा बजिरहेको होटल भिस्वाको रक्सी तथा बियरको विज्ञापन हटाइएको छ।

सार्वजनिक स्थानमै मदिराजन्य पदार्थको डिजिटल विज्ञापन बजाइनु प्रचलित कानुन विपरीत भए पनि यसअघि सम्बन्धित नियामक निकायले प्रभावकारी कदम नचालेको भन्दै आम उपभोक्ताहरू असन्तुष्ट देखिँदै आएका थिए। उपभोक्ताहरूका अनुसार महानगरपालिका विज्ञापन हटाउनेभन्दा पनि त्यसबाट कर असुलीमा मात्रै केन्द्रित भएको गुनासो व्यापक थियो।

यस विषयमा उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले विज्ञापन (नियमन) ऐन अनुसार मदिराजन्य तथा सुर्तीजन्य पदार्थको होर्डिङ बोर्ड, डिजिटल डिस्प्ले, ब्यानर, प्रकाशन तथा प्रसारणमार्फत सार्वजनिक स्थानमा विज्ञापन गर्न पूर्ण रूपमा निषेध गरिएको स्पष्ट पारेका छन्।

उनका अनुसार करिब ८–९ दिनअघि नै होटल भिस्वाका म्यानेजर प्रशान्त जीलाई फोटो र भिडियोसहित विज्ञापन हटाउन आग्रह गरिएको थियो। तर लामो समयसम्म पनि कुनै सुनुवाइ नभएपछि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई समेत प्रमाणसहित जानकारी गराइएको उनले बताए।

प्रमुख जिल्ला अधिकारी दाहालले उक्त विषयमा तत्कालै पर्साका प्रहरी प्रमुखलाई विज्ञापन हटाउन निर्देशन दिएको भए पनि समाचार तयार पार्दासम्म विज्ञापन यथावत् रहेको थियो।

तर पर्सा पोस्ट अनलाइनमा समाचार प्रकाशित भएपछि मात्र सम्बन्धित निकाय सक्रिय भई डिजिटल डिस्प्लेबाट मदिराजन्य विज्ञापन हटाइएको हो।

यस घटनाले मिडियाको निगरानी र खबरदारीले सार्वजनिक सरोकारका विषयमा ठोस प्रभाव पार्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...

बिरगंजमा सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । सशस्त्र प्रहरी बल...