श्री गणेश बचत तथा ऋण सहकारीको १७ औं वार्षिक साधारणसभा बिरगंजमा सम्पन्न

Date:

पर्सा पोस्ट , पौष २६ गते , बिरगंज ।
श्री गणेश बचत तथा ऋण सहकारी संस्थाको १७औँ वार्षिक साधारण सभा आज एक विशेष समारोहका बीच वीरगञ्जमा सम्पन्न भएको छ।

साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले सहकारी संस्थाहरू आर्थिक अनुशासन कायम गर्न, बचत संस्कारको विकास गर्न तथा स्थानीय स्तरमा उद्यमशीलता प्रवद्र्धन गर्न महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले सदस्यहरूको सानो–सानो बचतलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहकारीहरूको योगदान उल्लेखनीय रहेको धारणा राख्नुभयो।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुबोध गुप्ताले सहकारी तथा व्यावसायिक संस्थाहरूले देशको आर्थिक विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै सहकारी र निजी क्षेत्र आर्थिक समृद्धिका दुई महत्वपूर्ण खम्बा भएको बताउनुभयो। पारदर्शिता, सुशासन र सदस्यहरूको सक्रिय सहभागिता बिना कुनै पनि संस्था दीगो हुन नसक्ने उल्लेख गर्दै उहाँले वर्तमान आर्थिक चुनौतीका बीच बचत तथा लगानीको संस्कार विकासमा सहकारीहरूको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो। साथै स्थानीय स्तरमा रोजगारी सिर्जना, उद्यमशीलता प्रवद्र्धन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा यस्ता संस्थाहरूले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।

संस्थाका अध्यक्ष प्रदीप केडियाले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/०८२ मा संस्थाले २७ करोड ११ लाख ६० हजार ५ सय ६६ रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५१ लाख ४२ हजार ६ सय ४२ रुपैयाँ आम्दानी गरेको जानकारी दिनुभयो।

निर्विरोध चयन हुनुभएका अध्यक्ष गोपाल केडियाले आफ्नो कार्यकालमा पारदर्शिता, सुशासन र उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सहकारीका सबै आर्थिक कारोबारलाई स्पष्ट, जवाफदेही र सदस्यमैत्री बनाउँदै सदस्यहरूको विश्वासलाई संस्थाको मुख्य पूँजीका रूपमा आत्मसात् गरिने बताउनुभयो। साथै कृषि, साना व्यवसाय, महिला उद्यमशीलता र युवा स्वरोजगारलाई प्राथमिकता दिँदै सहकारीलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउने लक्ष्य रहेको उल्लेख गर्नुभयो। आधुनिक प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई सरल, छरितो र समयानुकूल बनाइने उहाँको भनाइ थियो।

साधारण सभाबाट केडियाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ। जसअनुसार उपाध्यक्षमा निरज अग्रवाल, महासचिवमा छठु लाल खेतान, कोषाध्यक्षमा प्रेमचन्द गोयल चयन हुनुभएको छ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अनिल अग्रवाल, पूर्व अध्यक्ष गणेश लाठ, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरेराम पटेल, संस्थाका कानुनी सल्लाहकार विनय सिंह लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...

बिरगंजमा सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । सशस्त्र प्रहरी बल...