नेजपा पर्साले पर्सा -४ बाट पुर्व प्रहरी निरीक्षक अरुण कुशवाहलाई प्रतिनिधि सभा उमेदवारको घोषणा

Date:

पर्सा पोस्ट, पौष २६ गते, बिरगंज ।
नेपाल जनता पार्टी (नेजपा) पर्सा जिल्ला समितिले पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि पूर्व प्रहरी निरीक्षक अरुण कुशवाहालाई उम्मेदवार घोषणा गरेको छ।

छिपहरमाई गाउँपालिका भिस्वास्थित श्री बौद्धिमाई मन्दिरको प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा नेजपाले कुशवाहालाई औपचारिक रूपमा उम्मेदवारका रूपमा सार्वजनिक गरेको हो। कार्यक्रममा पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेताहरू, कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै पार्टी नेताहरूले नेपाल जनता पार्टीको मुख्य एजेन्डा सुशासन, विकास, हिन्दू राष्ट्र, सनातन धर्मको रक्षा, भ्रष्टाचारमुक्त समाज निर्माण, गौहत्या तथा धर्म परिवर्तन पूर्ण रूपमा बन्द, गुरुकुल स्थापना, सांस्कृतिक राष्ट्रवाद, एकात्म मानव दर्शन, रोजगारी सृजना तथा स्वास्थ्य र शिक्षा क्षेत्रको सुधार रहेको बताए।

उम्मेदवार घोषणा सभामा नेपाल जनता पार्टीका केन्द्रीय वरिष्ठ नेता सन्तोष पटेल (सन्तोषानन्द महाराज), संगठन महामन्त्री इन्जिनियर राजीनन्द चौधरी, केन्द्रीय सदस्यहरू अधिवक्ता विनोद कुर्मी, सुरेश साह कानू, पारस दुबेदी, पर्सा जिल्ला उपाध्यक्ष ऊषा श्रीवास्तव, महामन्त्री नवीन मिश्र, कोषाध्यक्ष राजेश कलवार लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी जिल्ला कार्यसमिति सदस्यहरू राजकुमार तिवारी, अंशु कुमार प्रजापति, मुना साह तेली, महिला मोर्चा पर्सा जिल्ला अध्यक्ष संगीता गुप्ता, उपाध्यक्ष रेखा वर्णवाल, नेजपा पर्सा क्षेत्र नं. ४ समिति अध्यक्ष मुना कुमार कुर्मी, उपाध्यक्ष मिलन चौरसिया, महामन्त्री बलिराम सनातनी, प्रवक्ता राजन कुशवाहा, क्षेत्रीय सदस्य जगबहादुर चौरसिया सहित अन्य नेता–कार्यकर्ता तथा स्थानीय अगुवाहरू सहभागी थिए।
कार्यक्रममा सहभागी वक्ताहरूले अरुण कुशवाहाको प्रशासनिक अनुभव, इमानदारी र जनसेवाप्रतिको प्रतिबद्धताले पर्सा निर्वाचन क्षेत्र नं. ४ मा नयाँ राजनीतिक विकल्प प्रस्तुत गर्ने विश्वास व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

” रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार २०८३ ” बाट अशोक प्रधान सम्मानित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । देशको प्रवेशद्वार तथा...

रबि लामिछानेविरुद्धको संगठित अपराध अभियोग खारेज , सहकारी ठगी मुद्दा यथावत्

पर्सा पोस्ट , जेष्ठ २६ गते , वीरगञ्ज । पर्सा...