प्याब्सन पर्साको दोस्रो जिल्ला परिषद भेला -२०८२ बिरगंजमा सम्पन्न

Date:

पर्सा पोस्ट, पौष २६ गते, बिरगन्ज ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साको दोस्रो जिल्ला परिषद भेला–२०८२ शनिबार वीरगन्जमा सफलतापूर्वक सम्पन्न भएको छ। “Let all the Private and Boarding Schools be United” भन्ने मूल नारासहित आयोजित भेलामा निजी विद्यालयहरूको एकता, शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक–विद्यार्थी हित तथा शिक्षा क्षेत्रमा देखिएका समसामयिक चुनौतीहरूबारे व्यापक छलफल गरिएको थियो।

भेलामा प्याब्सनका जिल्ला, प्रदेश तथा केन्द्रीय तहका पदाधिकारीहरू, निजी विद्यालयका सञ्चालक तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। निजी विद्यालयहरूबीच सहकार्य, समन्वय र संस्थागत सुदृढीकरणलाई थप बलियो बनाउने निष्कर्ष भेलाले निकालेको आयोजकले बताएका छन्। भेला २०८२ साल पौष २६ गते शनिबार वीरगन्जस्थित एक होटलमा सम्पन्न भएको हो।
२०८१ मा उत्कृष्ट नतिजा ल्याएका विद्यालय सम्मानित
कार्यक्रमकै अवसरमा शैक्षिक सत्र २०८१ मा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यालयहरूलाई विशेष सम्मान प्रदान गरिएको छ।
३.९० जीपीए हासिल गर्न सफल गौतम माध्यमिक विद्यालय तथा १०० प्रतिशत नतिजा ल्याउन सफल मस्कट एकेडेमीलाई विशेष सम्मान गरिएको हो।

वक्ताहरूले विद्यालयहरूको शैक्षिक गुणस्तर, अनुशासन र निरन्तर मेहनतको प्रशंसा गर्दै यस्ता उपलब्धिले शिक्षा क्षेत्रमा सकारात्मक प्रतिस्पर्धा र सुधारको वातावरण सिर्जना गर्ने बताए।
# छोटो अवधिमै उत्कृष्ट काम गरेकोमा प्याब्सन वीरगन्ज सम्मानित : छोटो अवधिमै शिक्षा क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै प्याब्सन वीरगन्जलाई जिल्ला पर्साबाट सम्मान प्रदान गरिएको छ। निजी विद्यालयहरूको समन्वय, शैक्षिक गुणस्तर अभिवृद्धि तथा संस्थागत सुदृढीकरणमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गरिएको आयोजकले जनाएको छ।
# १० वर्षभन्दा बढी सेवा गर्ने ३० जना शिक्षक–शिक्षिका सम्मानित :  कार्यक्रममा एउटै विद्यालयमा १० वर्ष वा सोभन्दा बढी समय निरन्तर सेवा प्रदान गरेका ३० जना शिक्षक तथा शिक्षिकालाई सम्मान गरिएको छ।

सम्मानित हुने प्रमुख शिक्षक–शिक्षिकाहरूमा ३१ वर्ष निरन्तर सेवा गरेकी सुशिला शेर्पा (डी.ए.भी. आरबी केडिया स्कुल), ४० वर्ष सेवा गरेका रामनरेश पाण्डे (आदर्श माध्यमिक विद्यालय), २६ वर्ष सेवा गरेका सिपेन्द्र गुप्ता (गौतम माध्यमिक विद्यालय), १५ वर्ष सेवा गरेका रमेश कुमार चौधरी (विद्या सागर विद्यालय) लगायत रहेका छन्। दीर्घकालीन सेवा, समर्पण र शिक्षामा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै शिक्षक–शिक्षिकालाई सम्मान गरिएको आयोजकले जनाएको छ।

# शिक्षा क्षेत्रका चुनौती र समाधानबारे छलफल:
प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्याब्सन केन्द्रीय समितिका उपाध्यक्ष किशोर गौतम प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष पूरण प्रधान, प्राज्ञिक सल्लाहकार लालबाबु पटेल, प्रेस सेन्टर नेपाल मधेश प्रदेशका अध्यक्ष निरज पिठाकोटे तथा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाललगायतले आ–आफ्ना धारणा राखेका थिए।

वक्ताहरूले निजी तथा संस्थागत विद्यालयहरूको भूमिकाबारे चर्चा गर्दै शिक्षा क्षेत्रमा देखिएका चुनौती, सुधारका उपाय तथा गुणस्तरीय शिक्षाका लागि सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...