बिरगंज पब्लिक कलेजको आयोजनामा मेड ईन बिरगंज मेला

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज पब्लिक कलेजको आयोजनामा मेड ईन बिरगंज कार्यक्रम आज सम्पन्न छ ।

बिरगंज पब्लिक कलेजको प्राङ्गणमा मेड ईन बिरगंज नाम दिएको २ दिने मेलाको पहिलो दिन आज शनिबार ९ वटा स्टल र १५ वटा बिजनेस स्टल राखिएको कलेजका सस्थापक निर्देशक प्रोफेसर डाक्टर दिपक शाक्यले जानकारी दिनुभयो ।

बिरगंज पब्लिक कलेजले हरेक बर्ष यस्ता कार्यक्रम गर्दै आईरहेको र विद्यार्थीले पढेका कुरा व्यवहारमा ल्याउन यस कार्यक्रमले सहयोग पुर्याउने क्याम्पस प्रमुख डा. बिनय श्रेष्ठले बताए ।

यो मेलाको उदेश्य भनेको पढेर जागीर गर्ने मात्र नभैई व्यवसायी बन्ने र अरुलाई रोजगार दिने हो।

रोजगारको लागि बिदेश नै जानू पर्ने बाध्यताबाट यसले केही हद सम्म मद्दत पुग्ने भएकोले यस कार्यक्रमको महत्त्व रहेको शाक्यले बताए ।

मेड ईन बिरगंज नाम दिईएको सो स्टलमा हाम्रो स्वाद घरकै अचार केमिकल रहित पारम्पारिक प्रबिधिबाट उत्पादित विभिन्न स्वादका घरेलुु अचारका स्टल , हस्तकलाका सामाग्रीहरुका स्टल  , बिरगंज मै बनाईएका गार्मेन्ट कपडाहरुका स्टल , खाना , मिठाई , चिकेन रोस्ट , खिर पुरी , तरकारी , स्पिरिङ्ग रोल, चिजबल , बर्गर , चललेट , पप केक , चार्ट , विभिन्न स्कुल , कलेज र क्लबका ड्रेसमा फेब्ररिक गर्ने काम, त्यसै गरि पेन्टिङ्ग , आर्टका स्टल समेत राखिएको थियो ।

मेड ईन बिरगंज  कार्यक्रमको उद्घाटन बिरगंज महानगर पालिकाका नगर प्रमुख राजेश मान सिंहले गर्नु हुँदै बिरगंज पब्लिक कलेजका विद्यार्थीद्वारा उत्पादित सामाग्रीको बजारिकरण तथा व्यवसायीकरणका लागि बिरगंज महानगर सहयोग गर्न तयार रहेको बताए ।

काम गर्ने जादा उतार चढाव आउनु स्वभाबीक भएको र जसले काम गर्छ त्यसको बारेमा नै लेख्ने बताए । त्यसैकारण त्यस्ता लक्ष्यबाट बिचलित नहुन विद्यार्थीहरुलाई सुझाव दिएका थिए ।

पढेलेखेका विद्यार्थी बिदेशमा जस्तो सुकै काम गर्न पनि तयार हुने तर आफ्नो ठाउमा काम गर्न लाज मान्ने मानसिक्तताबाट टाढा भएर आफ्नो देशमा ससानो फुटपासमा भएपनि व्यवसाय गर्न विद्यार्थीहरुलाई सिंहले आग्रह गरेका थिए ।

सो कार्यक्रम भारतीय महाबाणिज्य दूतावासका तरुन कुमार , बिरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम , पुर्व अध्यक्ष गोपाल केडिया , समाजसेबि एवं जेष्ठ नागरिक पशुपति बिक्रम शाह , उषा शाह , सिद्धार्थ ईन्टरनेशनल स्कुलकि अध्यक्ष डा. शुस्मा तिवारी द्विवेदि , पोखरीया नगर पालिकाकि पुर्व उपमेयर सलमा खातुन , ज्ञानडा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोईराला , मधेस प्रदेश बिश्वबिद्धालयका रजिस्ट्रार बिजय यादव , बिरगंज पब्लिक कलेजका क्याम्पस प्रमुख डा. बिनय श्रेष्ठ , कोडिनेटर बासु कर्ण , हरिरत्न तुलाधर , मनिषा भट्टराई पटेल , नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) मधेस प्रदेश ईन्चार्ज निरज पिठाकोटे मगर , दिलिप कार्की , डा. महेश सिंह धामी , सन्चारकर्मी संतोषमान रन्जितकार , अजित भुजेल लगायतको उपस्थिति रहेको थियो ।

बिरगंज पब्लिक कलेजका सस्थापक अध्यक्ष प्रो. डा. दिपक शाक्यको अध्यक्षतामा भएको सो कार्यक्रमको सन्चालन सहायक क्याम्पस प्रमुख अरबिन्द श्रेष्ठले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...