बिवाहको लागि चाहिने आवस्यक सामग्री अल मंसुर फाउन्डेसन र राईजिङ्ग बिरगंज नेपालको सहयोगमा बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । असहाय र बिपन्न्न वर्गहरुको लागि अल मंसुर फाउण्डेसन र राईजिङ्ग वीरगंज नेपालको विशेष सहयोगमा बिवाहको लागि चाहिने आवस्यक सामाग्री बितरण गरेको छ ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको  आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत जिल्ला पर्सा बी.म.न.पा. २ छपकैया घुसुकपुर स्थित जिल्ला पर्सागढी न.पा.बडा नं.७ बहुअर्वा टोल बस्ने स्वर्गीय सई आलमको छोरी सजिदा खातुनलाई बिबाहको लागी चाहिने भाडा कुडा लगायत सम्पुर्ण किचेन सामाग्री बितरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा तथा ईलाका प्रहरी कार्यालय छपकैयाका प्र.ब.ना.नी. दिपेन्द्र मल्लको प्रमुख आतिथ्यमा अल-मंसुर फाउन्डेशनको जिल्ला अध्यक्ष जेयाहुल हक समानी, हाजि जाकिर हुसैन , मुन्ना समानी,एमामुल हक , सलमा खातुन ,वजिमन खातुन, गुलशन खातुन,   हजरुल खातुन, सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर श्रेष्ठ,  प्रहरी हवल्दार दुर्गा कुमार आले, प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल ,  प्र.ज. अविनेश राय र भिम बहादुर कपडयाल  प्र.ज.रमेश प्र. यादव लगायतको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...