बिरगंज पब्लिक कलेजको आयोजनामा गायन तर्फ जान्बि डंगोल र नृत्य तर्फ निशा चौधरी प्रथम

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज पब्लिक कलेजको आयोजनामा सप्ताह कार्यक्रम अन्तर्गत खेलकुद र सास्कृतिक कार्यक्रम -२०८० आज सम्पन्न भएको छ ।

बिरगंज पब्लिक कलेजको सभाहलमा भएकाे ग्रान्ड फिनाले कार्यक्रममा गायन क्षेत्रको उपाधि जान्वी डंगोलले जितेकी छिन ।

दोस्रो स्थान  सची गुप्ताले प्राप्त गरेकी छन् भने आयुष उपाध्याय तेस्रो, सुसान्त मिश्र चौथो, प्रियांशु यादव पाँचौँ र मनिष कर्ण छैठो भएको क्याम्पसका प्रबन्ध निर्देशक प्रा. डा. दीपक शाक्यले जानकारी दिनुभयो ।

त्यस्तै अतिरिक्त क्रियाकलाप सप्ताह कार्यक्रम अन्तर्गत नै आयोजित दोस्रो नृत्य प्रतियोगिताको उपाधि निशा चौधरीले उचालेकी छन्

त्यसैगरि दोस्रो सन्ध्या मगर , तेस्रो रोहित चौधरी, चौथो संजु यादव र  पाचौ सम्झना सर्राफ भएका छन् ।

गायन र नृत्य प्रतियोगिताका बिजेता  डंगाेल र चौधरीलाई भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत श्री देवी सहाय मीनाले प्रमाणपत्र र ट्रफी प्रदान गर्दै पुरस्कृत गरिन् ।

कलेजका सञ्चालक प्रा. डा. दीपक शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा दिल्ली पब्लिक स्कूलका प्रधानाध्यापक राजीव आनन्द, डीएभी स्कूलका प्रधानाध्यापक राकेश मिश्र, कादम्बरी एकेडेमीका प्रधानाध्यापक राजेन्द्र आचार्य, कलैयास्थित मनोकामना स्कूलका प्रधानाध्यापक अरविन्द चौधरी, वीरगन्ज जेसिसका अध्यक्ष अजय चौधरी, मधेस प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुवाष जयसवाल, आदिवासी जनजाती पत्रकार महासंघ ( फोनिज) मधेस प्रदेशका ईन्चार्ज निरज पिठाकोटे मगर , सामुदायिक सेवा केन्द्र मुर्लि श्रीपुरका अध्यक्ष राम सरार्फ , नेपाल टेलिभिजन पर्साका बिजय चौहान , कलेजका सहायक प्रिन्सिपल अरबिन्द श्रेष्ठ , कोडिनेटर बासु कर्ण , प्रोफेसर युगलकिशोर साह , हरिरत्न तुलाधर , सन्चारकर्मी सन्तोषमान रन्जितकार , अजित भुजेल लगायतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...

बिश्वकप जितपछि स्पेनमा नयाँ युगको प्रतीक बन्यो लियोनोर – यामलको ट्रफि उत्सव

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज। स्पेनले २०२६ फिफा विश्वकपको...