बिरगंज -१० मा चौथो वडा स्तरीय क्रिक्रेट प्रतियोगिता सुरु , युवामा खेल भावना अभिवृद्धि गर्ने लक्ष्य

Date:

पर्सा पोस्ट, बैशाख २६ गते, वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिका वडा नं. १० को आयोजनामा चौथो संस्करणको वडा स्तरीय क्रिकेट प्रतियोगिता शुक्रबारदेखि भव्य रूपमा सुरु भएको छ। युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्दै अनुशासन, सद्भाव, सहकार्य तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको उद्घाटन पर्सा क्षेत्र न. २ का प्रतिनिधि सभा सदस्य सुशील साह कानुको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रम वडा नं. १० का कार्यवाहक वडा अध्यक्ष सन्तोष जैसिको अध्यक्षतामा सम्पन्न भएको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद साहले खेलकुद समाज रूपान्तरणको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै युवाहरूलाई कुलत तथा विकृतिबाट टाढा राख्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले स्थानीय तहले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर नियमित प्रतियोगिता आयोजना गर्नुपर्ने आवश्यकता औंल्याए। “खेलकुदले युवामा आत्मविश्वास, अनुशासन र नेतृत्व क्षमता विकास गर्छ,” उनले भने।

कार्यक्रममा वरिष्ठ उद्योगपति अशोक बैध, प्याब्सन नगर अध्यक्ष राहुल श्रीवास्तव, रबि श्रीवास्तव, घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष सन्तोष कानु, वडा सचिव पवन प्रधान लगायत शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्घाटन सत्रअन्तर्गत वडा भित्रका ८ वटा विद्यालयहरूको सहभागितामा आकर्षक मार्चपास प्रतियोगिता समेत आयोजना गरिएको थियो। प्रतियोगितामा Little Angels Secondary School प्रथम, Mount Makalu English Boarding School दोस्रो तथा श्री रामचरण पन्नालाल माध्यमिक विद्यालय तेस्रो भएका थिए। विजयी विद्यालयका विद्यार्थीहरूलाई आयोजकले बधाई दिँदै आगामी दिनमा पनि उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गरेको थियो।

कार्यक्रम सञ्चालन पत्रकार क्रान्ती साहले गरेका थिए। उद्घाटन समारोहमा स्थानीय अभिभावक, विद्यार्थी, खेलप्रेमी तथा युवाहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

आयोजकका अनुसार प्रतियोगितामा विभिन्न स्थानीय टिमहरूको सहभागिता रहनेछ भने आगामी केही दिनसम्म प्रतिस्पर्धात्मक खेलहरू सञ्चालन हुनेछन्। प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेट खेलको विकास, प्रतिभा पहिचान तथा युवाहरूलाई सकारात्मक गतिविधितर्फ प्रेरित गर्न थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...