समुदाय -प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कुम्हालटोलमा नागरिक सुनवाइ तथा अन्तरक्रिया सम्पन्न

Date:

पर्सा पोस्ट , बैशाख १५ गते , वीरगञ्ज ।
“हर प्रहर, गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी समुदाय–प्रहरी साझेदारी” कार्यक्रमअन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ स्थित कुम्हालटोलमा नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप चौरसियाले समुदाय र प्रहरीबीचको सहकार्यले समाजमा शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा, कुम्हालटोल र वडा प्रहरी कार्यालय बिर्ताको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा, कुम्हालटोलका अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिक्रम सुबेदी तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युवराज कटवाल विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए।

त्यसैगरी कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा, कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी, सल्लाहकार मार्टिन मोक्तान, आजीवन सदस्य अभिलाष गुप्ता, टोल सुधार समाज कुम्हालटोलका अध्यक्ष नन्दलाल राउत अहिर, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंह, वडा नम्बर ५ का वडा सदस्य मनोज साह, सन्जु दाहाल, सुशील बर्णबाल, रामु रायमाझीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा मुनलाईट स्कुलका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यार्थी तथा स्थानीय नागरिकहरूले समाजमा बढ्दो ट्राफिक समस्या, लागूऔषध दुर्व्यसन, सार्वजनिक सुरक्षा तथा समुदाय–प्रहरी सहकार्य सम्बन्धी विभिन्न प्रश्न तथा जिज्ञासा राखेका थिए।सहभागीहरूले उठाएका प्रश्नहरूको प्रहरी अधिकारीहरूले स्पष्ट तथा व्यवहारिक जवाफ दिएका थिए।

कार्यक्रमका वक्ताहरूले समुदायको सक्रिय सहभागिता बिना समाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण सम्भव नहुने उल्लेख गर्दै नागरिक र प्रहरीबीचको विश्वास तथा सहकार्य अझ सुदृढ बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका थिए।

मुनलाईट स्कुलका संस्थापक श्याम केसीले कार्यक्रम सञ्चालन गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...