लागूऔषध विरुद्ध बिरगंजमा विशेष अभियान : ८ जना प्रयोगकर्ता नियन्त्रणमा

Date:

पर्सा पोस्ट, बैशाख २५ गते, वीरगञ्ज ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामद्वारा सञ्चालन गरिएको “लागूऔषध प्रयोगकर्ता खोजी एवं सुधार अभियान–२०८३” अन्तर्गत वीरगञ्जमा विशेष चेकजाँच तथा निगरानी अभियान सञ्चालन गरिएको छ। लागूऔषध दुव्र्यसन नियन्त्रण तथा प्रयोगकर्ताको पहिचान गरी सुधारात्मक उपाय अपनाउने उद्देश्यले अभियानलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ।

अभियानअन्तर्गत शुक्रबार वीरगञ्ज महानगरपालिका वडा नं. १६ ईनर्वास्थित शंकराचार्य गेट नजिक स्वास्थ्यकर्मी, लागूऔषध परीक्षण किट तथा सुरक्षाकर्मीसहित विशेष चेकपोष्ट स्थापना गरी सघन चेकजाँच गरिएको थियो।

चेकजाँचका क्रममा लागूऔषध सेवन गरी सार्वजनिक स्थलमा हिँडडुल गरिरहेका ८ जना पुरुषलाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिक्रम सुबेदीले जानकारी दिनुभयो। पक्राउ परेका व्यक्तिहरूमाथि स्वास्थ्य परीक्षण, सोधपुछ तथा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पछिल्लो समय युवावर्गमा बढ्दो लागूऔषध दुव्र्यसनलाई न्यूनीकरण गर्न “सुधारसहितको नियन्त्रण” नीति अपनाएर अभियान सञ्चालन गरिएको हो। अभियानमार्फत लागूऔषध प्रयोगकर्तालाई कानुनी दायरामा ल्याउनुका साथै उनीहरूलाई सुधार र पुनःस्थापनातर्फ प्रेरित गर्ने प्रयास भइरहेको जनाइएको छ।

प्रहरीले अभिभावक, स्थानीयवासी, विद्यालय, सामाजिक संघसंस्था तथा सरोकारवाला निकायसँग सहकार्य गरेर लागूऔषध विरुद्धको अभियानलाई अझ प्रभावकारी बनाइने बताएको छ। साथै सार्वजनिक स्थान, विद्यालय आसपास तथा संवेदनशील क्षेत्रमा नियमित निगरानी र परीक्षण अभियानलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...