भन्सार मेनगेटबाट ब्राउन सुगर र हिरोइनसहित दुई पक्राउ

Date:

पर्सा पोस्ट , बैशाख २५ गते , वीरगञ्ज ।
पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित भन्सार मेनगेट क्षेत्रमा लागूऔषध चेकजाँचका क्रममा दुई जना लागूऔषधसहित पक्राउ परेका छन्।

मिति २०८३ साल वैशाख २५ गते साँझ करिब ५ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्जबाट असई नितेश कुमार शाह कानुको कमाण्डमा खटिएको ९ सदस्यीय टोलीले नियमित चेकजाँच गरेको थियो। टोलीसँग “दृष्टि” नामक ड्रग्स डिटेक्शन ट्रेडको पोथी कुकुर समेत परिचालन गरिएको थियो।

भारतबाट नेपालतर्फ आउँदै गरेको यात्रुवाहक अटोमा सवार व्यक्तिहरूमाथि शंका लागी चेकजाँच गर्दा उनीहरूको साथबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ ग्राम तथा सेतो हिरोइन जस्तो देखिने पदार्थ ०.३४ मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं. ११ सिमलटार बस्ने अन्दाजी २० वर्षीय सागर घिमिरे र सोही स्थान निवासी अन्दाजी २३ वर्षीया पूजा जिम्बा रहेका छन्।

बरामद लागूऔषध तथा पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वडा प्रहरी कार्यालय विर्तामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सीमा क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा सेवन नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी कडा बनाउँदै आएको छ। विशेषगरी भारत–नेपाल सीमावर्ती नाकामा ड्रग्स डिटेक्शन कुकुरसहित नियमित चेकजाँचलाई तीव्रता दिइएको सशस्त्र प्रहरीको भनाइ छ।

सुरक्षा अधिकारीहरूले युवापुस्तामा लागूऔषध दुव्र्यसन बढ्दै गएको भन्दै सचेत रहन अभिभावक तथा समाजलाई समेत आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...