ब्राईट +२ कलेजद्वारा कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत

Date:

पर्सा पोस्ट , पौष १७ गते , बिरगंज
वीरगंज–९ स्थित जिल्ला प्रशासन कार्यालय नजिकै रहेको ब्राइट +२ कलेजले कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेको छ।

होटल भिष्वामा संस्कारपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न स्वागत कार्यक्रममा विद्यार्थीहरूबीच आपसी सद्भाव, मित्रता र आत्मीयता प्रवर्द्धन गर्ने उद्देश्य राखिएको थियो। कार्यक्रमलाई थप रमाइलो र आकर्षक बनाउन गीत, नृत्य तथा विभिन्न सांगीतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो।

स्वागत कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी प्रहरी नायब उपरीक्षक राजु कार्की, मानवसेवा आश्रमका देवेश मानवसेवा तथा शरण गुप्ता विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।

कलेजका संस्थापक मुकेश गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेजका शिक्षक–शिक्षिका, विभिन्न संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले ब्राइट +२ कलेजले छोटो अवधिमै शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको र विद्यार्थी तथा अभिभावकहरू माझ लोकप्रियता हासिल गरेको उल्लेख गरे।

कलेजका संस्थापक मुकेश गुप्ताले नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै सकारात्मक र अनुशासित वातावरणमा अध्ययन गर्न प्रेरित गर्दै भने, “हामी यस कलेजमा विद्यार्थीहरूलाई ज्ञानसँगै संस्कार र सिर्जनात्मक गतिविधिमा सहभागी गराउने वातावरण निर्माणमा विशेष ध्यान दिन्छौं।”

कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई आत्मविश्वासी बनाउँदै आपसी सद्भावका साथ भविष्यका लागि तयार पार्नु रहेको कलेजका अखिल पटेलले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...