नेपाल – भारत स्थित मितेरी पुलमा नया बर्ष २०२६ को सुभकामना आदानप्रदान , आपसी सद्भाव र मित्रताको सन्देश

Date:

पर्सा पोस्ट, पुष १७ गते, बिरगञ्ज ।
अन्तर्राष्ट्रिय नयाँ वर्ष २०२६ तथा आजको ६१ औँ दिनको अवसरमा बिरगञ्जस्थित मितेरी पुल क्षेत्रमा नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। ग्रीनसिटी टिम, बिरगञ्ज महानगरपालिकाका हरियाली संयोजक तथा सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष प्रकाश खेतानको नेतृत्वमा आयोजित कार्यक्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का प्रतिनिधिहरूसँग आत्मीयतापूर्वक नयाँ वर्षको शुभकामना साटासाट गरिएको हो।

कार्यक्रमका क्रममा मितेरी पुलमै केक काट्दै नयाँ वर्षसँगै सर्वसाधारणको जीवन सुख, शान्ति र समृद्धिले भरियोस् भन्ने कामना व्यक्त गरियो। साथै, नयाँ वर्ष २०२६ को पहिलो दिन पुल हुँदै आउने भारतीय पर्यटक तथा आगन्तुकहरूलाई ग्रीनसिटीका अध्यक्ष खेतानले मिठाई र चकलेट वितरण गर्दै आपसी भाइचारा, सद्भाव र मित्रताको सन्देश दिएका थिए।

यस अवसरमा अध्यक्ष खेतानले पुराना वर्षसँगै रहेका कमी–कमजोरी र जान–अन्जानमा भएका गल्तीहरू बिर्सेर आगामी दिनमा आपसी समझदारी, सद्भाव, मित्रता र सहयोगको भावना अझ सुदृढ बनोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर रूपमा सञ्चालन गरिने र यसले मानवता तथा आपसी सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।

सीमा क्षेत्रमा शान्ति, सहकार्य र मित्रताको प्रतीक बनेको मितेरी पुलमा सम्पन्न यस कार्यक्रमले नेपाल–भारतबीचको जनस्तरीय सम्बन्धलाई अझ मजबुत बनाएको सहभागीहरूको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

खाद्य स्वच्छता उल्लंघन गर्ने व्यवसायीमाथि कारबाही, नियमित अनुगमनले बजार सुधार हुने विश्वास

पर्सा पोस्ट, भदौ ५ गते, वीरगञ्ज । वीरगञ्जमा उपभोक्ताले...