पर्सा पोस्ट, भदौ ५ गते, वीरगञ्ज ।
बिरगंज वडा न.४ बिर्ता स्थित बिरगंज नरसिङ्ग क्याम्पसको क्यान्टिनमा सन्युक्त बजार अनुगमन टोलिले अनुगमन गरेको छ ।
बिरगंज नरसिङ्ग क्याम्पसमा अध्यनरत विद्यार्थीको उजुरीको आधारमा शुक्रबार अनुगमन टोलिले अनुगमन गरेको हो। अनुगमन गर्ने क्रममा बिरगंज नरसिङ्ग क्याम्पसमा सन्चालित ममता खाजा घरमा खाद्य स्वच्छता तथा गुणस्तर मापदण्ड उल्लंघन गरेकोले क्यान्टिनलाई संयुक्त अनुगमन टोलीले कारबाही गरेको छ।
जुन नर्सिङ्ग क्याम्पसमा स्वास्थ्य सम्बन्धि विषयमा पढाई हुने , जनशक्ति उत्पादन गर्ने क्याम्पसमा त स्वास्थ्य मापदण्ड पालना र खाद्य स्वच्छताको पालना हुदैन भने अरुलाई के जनचेतना र स्वास्थ्यको बिषयमा अरुलाई सचेत गराउछ भन्ने बिश्वास यसको जलन्त उदाहरण हो, यश बिरगंज नर्सिङ क्याम्पसमा हजारौं विद्यार्थीहरु अध्ययनरत छन् , उनिहरुको आफ्नै स्वास्थ्यको ग्यारेन्टी छैन कि हामिले खानेकुरा कस्तो खाईरहेका छौं । कस्तो ठाउमा बसेर , खाद्य स्वच्छता अनुसारको खाना ताजा खाईरहेका छौ की छैनौं भनेर कहिले क्याम्पस प्रशासनले निगरानी र अनुगमन गर्यो त ? क्याम्पसले क्यान्टिन संचालन गर्न टेन्डर प्रक्रियाबाट गर्यो कि गरेन के सम्बन्धित प्रशासनले अनुगमन गरेको छ कि छैन । सम्झौता पत्र अनुसारको खाना , खाजा उचित मुल्य क्यान्टिन विद्यार्थी सङ लिइ रहेको छ छैन कहिले क्याम्पस प्रशासनको ध्यान गएको छ , विद्यार्थीले क्याम्पस प्रशासनलाई उजुरी पेटिकामा उजुरी गरेको यतिका दिन भैइ सक्यो कि एक्सन लिएन , किन अनुगमन टोलिलाई गुहार्नु पर्यो कहि क्याम्पस प्रशासनको मिलोमतो त छैन भन्ने प्रश्न उब्जिएको बताए ।
अनुगमनका क्रममा फोहोर तथा अस्वच्छ भान्सा, असुरक्षित रूपमा भण्डारण गरिएका खाद्य सामग्री, माखा–झिँगा तथा अखाद्य रङ प्रयोग भएको सामग्री फेला परेपछि उपभोक्ता ऎन २०७५ बमोजिम उपभोग वस्तु उपभोग गर्न नमिल्ने आधारमा वस्तु प्रयोग भएकोले सोही ऎनको दफा ३९ ( ख ) बमोजिम रु. २५,०००/- हजार जरिवाना गरिएको हो । क्यान्टिनमा सरसफाइ नभएको तथा अखाद्य रङ्ग प्रयोग गरेको वस्तु खुवाउने गरेको , मापदण्ड बिपरित जङ्गफुड बिक्री बितरण समेत भैइ रहेको पाईएकोले अब देखि जङ्गफुड बिक्री बितरण नगर्न र सुधार गर्न केही समय दिएकोले समयमै सरसफाइ , रंगको प्रयोग नगर्न र विद्यार्थीहरुले देख्ने गरि खाजाको मुल्य सुचि अनिवार्य राख्न समेत निर्देशन दिएको थियो ।
उपभोक्ताले सुरक्षित, स्वच्छ तथा गुणस्तरीय खाद्य सामग्री उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्ने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य ल्याब भ्यानसहित वीरगञ्जका विभिन्न बजार क्षेत्रमा विशेष संयुक्त अनुगमन गरिएको हो।
अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, खाद्य प्रविधि तथा गुण डिभिजन कार्यालय वीरगञ्ज, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य ल्याब भ्यान, जिल्ला प्रशासन कार्यालय पर्सा, वीरगञ्ज उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पत्रकार तथा सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी थिए।
अनुगमन टोलीले क्यान्टिन सञ्चालनको अवस्था, भान्सा तथा पसलको सरसफाइ, खाद्य सामग्रीको भण्डारण, प्रयोग हुने कच्चा पदार्थ, खाद्य पदार्थको गुणस्तर तथा स्वच्छता मापदण्डको पालना भए–नभएको विषयमा स्थलगत निरीक्षण नियमित गर्दै आईरहेको अनुगमन टोलिले बताए ।
यसैगरी वीरगञ्ज–४ बिर्तास्थित बिरगंज नरसिंह क्याम्पसको क्यान्टिनलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको छ। अनुगमनका क्रममा क्यान्टिनमा आवश्यक सरसफाइ कायम नगरेको पाइएपछि कारबाही गरिएको टोलीले जनाएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक श्रवण साहले व्यवसायीलाई भान्सा तथा पसल परिसर नियमित रूपमा सफा राख्न, खाद्य सामग्रीलाई धुलो, धुवाँ, माखा–झिँगा तथा अन्य किराफट्याङ्ग्राबाट सुरक्षित राख्न र अखाद्य तथा प्रतिबन्धित रङ प्रयोग नगर्न कडाइका साथ निर्देशन दिइएको बताए।
उनका अनुसार खाद्य पदार्थको स्वच्छता र गुणस्तरमा लापरवाही गर्ने तथा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने गतिविधि गर्ने व्यवसायीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ तथा खाद्य स्वच्छता एवं गुणस्तरसँग सम्बन्धित प्रचलित कानुनी व्यवस्थाअनुसार कारबाही गरिनेछ।
उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याउने गरी बजार अनुगमनलाई निरन्तरता दिइने अनुगमन टोलीले स्पष्ट पारेको छ।