लालबन्दीमा ‘ तेस्रो लालबन्दी महोत्सव २०८२’ भब्य उद्घाटन

Date:

पर्सा पोस्ट , चैत ०४ गते , वीरगञ्ज ।
उद्योग वाणिज्य संघ लालबन्दीको आयोजनामा “तेस्रो लालबन्दी महोत्सव २०८२” भव्य रूपमा उद्घाटन गरिएको छ। “आर्थिक समृद्धि र स्वरोजगारको आधार : कृषि, पर्यटन, उद्योग र व्यापार” भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव चैत ४ गतेदेखि चैत १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

महोत्सवको उद्घाटन मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री माननीय कनिश पटेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका अध्यक्ष तथा केन्द्रीय कार्यकारी समिति सदस्य अशोक कुमार टेमानी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

उद्घाटन समारोहमा बोल्दै मन्त्री पटेलले आर्थिक समृद्धिका लागि स्थानीय उत्पादनको प्रवर्द्धन र बजार विस्तार अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले यस्ता महोत्सवहरूले कृषि, पर्यटन, उद्योग र व्यापारलाई एउटै प्लेटफर्ममा जोड्ने काम गर्दै स्वरोजगार सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। साथै, प्रदेश सरकार यस्ता रचनात्मक पहलहरूमा सहकार्य गर्न प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो।

त्यसैगरी, विशिष्ट अतिथि टेमानीले महोत्सवले स्थानीय उत्पादन, कला तथा उद्यमशीलतालाई राष्ट्रिय स्तरसम्म चिनाउने अवसर प्रदान गर्ने धारणा व्यक्त गर्नुभयो। निजी क्षेत्रको सशक्तिकरण बिना आर्थिक विकास सम्भव नरहेको उल्लेख गर्दै उहाँले उद्योग वाणिज्य संघहरूको भूमिका प्रशंसनीय रहेको बताउनुभयो।

महोत्सवमा विभिन्न जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। साथै, लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि तथा विभिन्न निकायका प्रमुख एवं प्रतिनिधिहरूको बाक्लो सहभागिता रहेको थियो।

उद्घाटनअघि जनवादी चौकदेखि महोत्सव स्थलसम्म आकर्षक झाँकी प्रदर्शन गरिएको थियो, जसले स्थानीय संस्कृति र परम्परालाई जीवन्त रूपमा प्रस्तुत गरेको थियो।
लालबन्दी नगरपालिका–९, बस्तिपुरस्थित भुदेव खाद्य उद्योग (गोल्छा) परिसरमा आयोजना गरिएको महोत्सवमा घरेलु उत्पादन, कृषि तथा हस्तकला सामग्री, स्थानीय तथा राष्ट्रिय परिकार, कपडा, जुत्ता–चप्पल तथा कस्मेटिक सामग्रीका विभिन्न स्टलहरू राखिएका छन्।

त्यस्तै, महोत्सवमा मनोरञ्जनका लागि झुलुवा, बाल उद्यान, रोटेपिङ, ड्रायागन रेल, लण्डन ब्रिज, आइफिल टावर लगायतका संरचनाहरू आकर्षणका रूपमा रहेका छन्। साथै, मधेश प्रदेश स्तरीय खुल्ला नृत्य प्रतियोगिता, अटोमोबाइल प्रदर्शनी तथा स्थानीय कला–संस्कृति झल्किने कार्यक्रमहरू पनि समावेश गरिएका छन्।

उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष महेश कुमार महतोको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा संयोजक दिपेन्द्र कुमार बलम्पाकीले महोत्सव सफल बनाउन विभिन्न पक्षबाट सहयोग प्राप्त भएको बताउँदै आगामी दिनमा अझ व्यवस्थित कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन, व्यापार विस्तार तथा पर्यटन विकासमा उल्लेखनीय टेवा पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...