मारवाडी प्रिमियर लिग -३: पाँचौं दिनमा रोमाञ्चक खेल , गौरीशंकर र मनास्लुको जित

Date:

पर्सा पोस्ट, चैत ०३ गते, वीरगञ्ज ।
मारवाडी युवा मञ्च र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा सञ्चालन भइरहेको “मारवाडी प्रिमियर लिग–३” क्रिकेट प्रतियोगिताअन्तर्गत पाँचौँ दिनका खेलहरू उत्साहपूर्ण वातावरणमा सम्पन्न भएका छन्। वीरगञ्जस्थित आदर्शनगर रंगशालामा जारी प्रतियोगितामा खेलाडी र दर्शकहरूको उल्लेखनीय सहभागिता देखिएको छ।

ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न खेलहरू स्वर्गीय सुशील कुमार खेतान (टिपु)को स्मृतिमा आयोजना गरिएको हो। प्रतियोगिता फागुन २९ गतेदेखि सुरु भई चैत १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ भने कुल २३ खेल खेलाइने छन्। विजेता टोलीले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने संयोजक केशव खेतानले जानकारी दिए।

पाँचौँ दिनको पहिलो खेलमा गौरीशंकर हिटर्सले कञ्चनजंघा वीरगञ्ज स्ट्राइकरविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै २१ रनले जित हात पार्यो। निर्धारित १५ ओभरमा कञ्चनजंघा स्ट्राइकरले ६ विकेट गुमाउँदै १०३ रन बनाएको थियो। जवाफमा गौरीशंकर हिटर्सले ९ विकेट गुमाउँदै १२४ रन जोड्दै शानदार जित निकालेको हो।

त्यसैगरी दोस्रो खेलमा मनास्लु राइडर्सले माछापुच्छ्रे BTS ब्लास्टरलाई २ विकेटले पराजित गर्दै रोमाञ्चक जित दर्ता गर्यो। माछापुच्छ्रे ब्लास्टरले १५ ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको थियो भने जवाफमा मनास्लुले ८ विकेट गुमाउँदै १०५ रन बनाउँदै लक्ष्य भेट्टायो।

प्रतियोगिताका आगामी खेलहरू अझ प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...