“मानवता नै सबैभन्दा ठूलो धर्म”- पोखरियामा बिरामीलाई घरमै पुगेर ह्विलचेयर सहयोग

Date:

पर्सा पोस्ट , चैत ०४ गते , पोखरिया, पर्सा |
“मानवता नै सबैभन्दा ठूलो धर्म हो” भन्ने भावनालाई आत्मसात गर्दै पोखरिया नगरपालिका वडा नं. ६ शिर्सिया टोलमा एक जना अशक्त बिरामीलाई ह्वीलचेयर सहयोग प्रदान गरिएको छ।

“कुइन ज्वैलर्स काठमाडौं” को सहयोगमा उपलब्ध गराइएको उक्त ह्वीलचेयर उपकार सेवा नेपालका अध्यक्ष विध्या कुमारी शरावगी, लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानी तथा समाजसेवी रूस्तम मियाँको सक्रियतामा बिरामीकै घरमै पुगेर हस्तान्तरण गरिएको हो।

ह्वीलचेयर अभावका कारण लामो समयदेखि दैनिक हिँडडुलमा कठिनाइ भोग्दै आएका बिरामीका लागि यो सहयोग अत्यन्त महत्वपूर्ण मानिएको छ। सहयोगपछि बिरामी तथा उनका परिवारजनले खुसी व्यक्त गर्दै सहयोगदाताप्रति आभार प्रकट गरेका छन्।

कार्यक्रमका क्रममा वक्ताहरूले समाजमा यस्ता मानवीय कार्यहरूले आपसी सहयोग, सद्भाव र सामाजिक एकताको भावना बलियो बनाउने बताएका छन्। उनीहरूले सक्षम व्यक्तिहरूलाई यस्ता सेवामूलक कार्यमा सहभागी हुन आग्रह समेत गरेका छन्।

यस प्रकारको सहयोगले केवल एक व्यक्तिको जीवन सहज बनाउने मात्र नभई समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ। आगामी दिनमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता सम्बन्धित पक्षले व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...