बिरगंजमा मारवाडी प्रिमियर लिग-३ को छैठौं दिन रोमाञ्चक , अन्नपूर्ण टाईगर र एभरेस्ट ब्लेजिङ हक्स विजयी

Date:

पर्सा पोस्ट ,  चैत ०४ गते , वीरगञ्ज ।
वीरगञ्जस्थित आदर्शनगर रंगशालामा जारी “मारवाडी प्रिमियर लिग–३” क्रिकेट प्रतियोगिताको छैठौँ दिनका खेलहरू उत्साहपूर्ण र प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न भएका छन्। मारवाडी युवा मञ्च र ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताले स्थानीय खेलप्रेमीहरूमा विशेष आकर्षण पैदा गरेको छ।

ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न खेलहरूमा खेलाडी तथा दर्शकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। स्वर्गीय सुशील कुमार खेतान (टिपु)को स्मृतिमा आयोजना गरिएको प्रतियोगिता फागुन २९ गतेदेखि सुरु भई चैत १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा कुल १० टोली सहभागी रहेका छन् भने समग्र प्रतियोगिता अवधिभर २३ खेल खेलाइने तालिका रहेको छ। उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई विजेता घोषित गरिनेछ।

विजेताले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक केशव खेतानले जानकारी दिएका छन्।

छैठौँ दिनको पहिलो खेल मकालु महांकाल राइजरर्स र अन्नपूर्ण टाइगरबीच सम्पन्न भएको थियो। मकालु महांकाल राइजरर्सले निर्धारित १५ ओभरमा ८ विकेट गुमाउँदै ११६ रन बनाएको थियो। जवाफमा अन्नपूर्ण टाइगरले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै १५ ओभरमै ४ विकेटको क्षतिमा ११९ रन बनाउँदै ६ विकेटले शानदार जित हात पार्‍यो।

त्यसैगरी दोस्रो खेल एभरेस्ट ब्लेजिङ हक्स र धौलागिरी बौद्धिमाईबीच भएको थियो। निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन देखाए पनि अन्ततः एभरेस्ट ब्लेजिङ हक्स विजयी बन्न सफल भयो।

प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेटप्रतिको आकर्षण बढाउनुका साथै युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरिरहेको छ। आगामी दिनका खेलहरू अझ रोमाञ्चक हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...