” रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार २०८३ ” बाट अशोक प्रधान सम्मानित

Date:

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज ।
देशको प्रवेशद्वार तथा औद्योगिक नगरी वीरगञ्जका चर्चित फुटबल खेलाडी एवं लोकप्रिय गायक अशोक प्रधानलाई “रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार २०८३” बाट सम्मान गरिएको छ।

वीरगञ्ज तथा देशको खेलकुद र संगीत क्षेत्रमा उहाँले पुर्‍याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको समाजसेवी अशोक लाठले जानकारी दिएका छन्।

रिलिफ सोसाइटी अफ कमर्सको ३५औँ स्थापना दिवस तथा बुद्ध जयन्तीको अवसरमा प्रदान गरिने उक्त पुरस्कार विशेष कारणवश आइतबार प्रदान गरिएको हो। सो अवसरमा सोसाइटीको कार्यालय वीरगञ्जमा आयोजित कार्यक्रममा सोसाइटीका अध्यक्ष योगेन्द्र प्रसाद यादव, निवर्तमान अध्यक्ष अशोक लाठ, गणेश लाठ, नारायण रुङ्टा तथा निरज अग्रवालको उपस्थितिमा प्रधानलाई सम्मान गरिएको थियो।

सम्मान ग्रहणपछि खेलाडी तथा गायक अशोक प्रधानले रिलिफ सोसाइटी अफ कमर्सले समाजका दिनदुःखी, असहाय तथा पछाडि परेका महिला र समुदायको सेवा तथा सहयोग गर्दै आएको उल्लेख गरे। साथै विभिन्न क्षेत्रका प्रतिभाशाली व्यक्तित्वलाई सम्मान गरेर हौसला प्रदान गरेको देख्दा आफूलाई अत्यन्त हर्ष र गर्व महसुस भएको बताउँदै उनले रिलिफ सोसाइटी परिवारप्रति आभार व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...