सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

Date:

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज ।
सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदकारी तथा स्वेच्छाचारी निर्णय गरिएको भन्दै पर्साका सञ्चारकर्मीहरूले जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि शान्तिपूर्ण धर्ना दिएका छन्। नेपाल पत्रकार महासंघको आह्वानमा देशव्यापी रूपमा सञ्चालन भइरहेको आन्दोलनअन्तर्गत पर्सामा पनि बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टे धर्ना कार्यक्रम सम्पन्न गरिएको हो।

धर्ना कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप स्वीकार्य नहुने बताएका थिए। उनीहरूले सरकारी सूचना तथा विज्ञापन वितरणमा समान व्यवहार गर्न, विभेद अन्त्य गर्न तथा संविधानद्वारा सुनिश्चित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गरेका छन्।

धर्नापछि बोल्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जारा ले सरकारी सञ्चारमाध्यमलाई मात्र विज्ञापन दिने निर्णयविरुद्ध आन्दोलन निरन्तर जारी रहने चेतावनी दिए। सरकारले बेलैमा उक्त निर्णय सच्याउन नसके पत्रकार समुदाय थप सशक्त आन्दोलनमा उत्रिने उनको भनाइ थियो। उनले सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदकारी र स्वेच्छाचारी निर्णयविरुद्ध देशव्यापी आन्दोलनअन्तर्गत यसअघि ७७ जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाइएको जानकारी दिए।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल ले सरकार प्रेसमाथि नियन्त्रण कायम गर्ने दिशातर्फ अग्रसर भएको आरोप लगाए। उनले प्रेस स्वतन्त्रता र लोकतन्त्र एकअर्काका परिपूरक भएको उल्लेख गर्दै स्वतन्त्र प्रेसको संरक्षण लोकतान्त्रिक व्यवस्थाको आधार भएको बताए। साथै सम्पूर्ण सञ्चारकर्मीहरू एकजुट भएर सरकारलाई निर्णय सच्याउन दबाब दिनुपर्नेमा जोड दिए।

धर्ना कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम राय माझी, प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादव, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्र, समाजवादी प्रेस संगठन नेपाल मधेश प्रदेशका अध्यक्ष मनोज पटेल, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमन लगायत सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

नेपाल पत्रकार महासंघको आह्वानअनुसार आगामी जेठ २९ गते पनि देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा धर्ना कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

” रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार २०८३ ” बाट अशोक प्रधान सम्मानित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । देशको प्रवेशद्वार तथा...

रबि लामिछानेविरुद्धको संगठित अपराध अभियोग खारेज , सहकारी ठगी मुद्दा यथावत्

पर्सा पोस्ट , जेष्ठ २६ गते , वीरगञ्ज । पर्सा...

सकारात्मक सोच र आत्मबोधले नै जीवन सफल बन्छ : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ २६ गते , रक्सौल, पूर्वी...