पर्सा पोस्ट , पौष १७ गते , बिरगंज ।
जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले धोती लगाएर वीरगञ्ज सहर परिक्रमा गर्दै राष्ट्रिय पोसाक दिवस मनाएका छन्। ‘धोती–टोपी एक हौँ’ भन्ने मूल सन्देशका साथ आयोजित उक्त कार्यक्रममा सहभागीहरूले सांस्कृतिक पहिचान, आपसी सम्मान र राष्ट्रिय एकताको सन्देश प्रवाह गरेका छन्।
अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा पहाडी समुदायबाट मधेसी समुदायमाथि हुने दुर्व्यवहारको विरोधस्वरूप राष्ट्रिय पोसाक दिवस मनाइएको जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए। उनका अनुसार मधेसी समुदायको पहिचानका रूपमा रहेको धोतीप्रति हुने विभेदको विरोध गर्दै तराई–पहाडबीच आपसी सद्भाव र एकताको सन्देश दिन कार्यक्रम आयोजना गरिएको हो।
नगर परिक्रमा क्रममा सहभागीहरूले धोती र टोपी दुवै नेपाली पहिचानका अभिन्न अङ्ग भएको उल्लेख गर्दै ‘तराई–पहाड एक हौँ’ भन्ने नारा लगाएका थिए। आयोजकका अनुसार यस्ता कार्यक्रमले विविधतामा एकता कायम गर्न तथा सबै समुदायबीच आपसी सम्मान र सहिष्णुता प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफको नेतृत्वमा निस्किएको र्यालीमा जनमत पार्टीका केन्द्रीय सदस्य विध्यालाल प्रसाद, सिमा गुप्ता, मालती कुशवाहा, श्याम प्रसाद गुप्ता, श्याम शंकर चौरसिया, नजमा खातुन, रुक्साना खातुन, प्रदेश सदस्यहरू बृजेस्वर चौधरी, राजनारायण मिश्र, सत्जुग साह, अब्दुल अन्सारी, नेताहरू अमरनाथ सिंह राठौर, वीरगञ्ज महानगर अध्यक्ष महादेव शर्मा, पर्सागढी नगर अध्यक्ष मनोज यादव, बिन्दावासिनी गाउँपालिका अध्यक्ष ललन (विनोद) चौरसिया, बहुदरमाई नगर अध्यक्ष जगदीश पटेल, नगर संयोजक सतेन्द्र गुप्ता, सखुवा प्रसौनी पालिका अध्यक्ष देवेन्द्र रवानी, छिपहरमाई गाउँपालिका अध्यक्ष कृष्ण कुशवाहा, कालिकामाई गाउँपालिका अध्यक्ष प्रदीप साह, पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष शिव मुखिया, इन्जिनियर संघ पर्सा अध्यक्ष ई. राजुराज गिरि, युवा दस्ता जिल्ला अध्यक्ष मनोज साह, महिला अध्यक्ष अन्जना गुप्ता, दलित अध्यक्ष नरेश राम लगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
र्यालीमा डा. मनोज कुमार, सिए देवराज, महेश चौरसिया, रामबाबु चौरसिया, जय भोले यादव, सहनवाज राकी, नागेन्द्र गुप्ता, तुलसी राम, एकबाल अन्सारी, युवा नेता अजित सिंह, सुजित सिंहसहित सयौँको संख्यामा नेता तथा कार्यकर्ताहरू सहभागी थिए।