बिरगंज कपडा बैंकद्वारा १ हजार थान नयाँ तथा प्रयोगयोग्य कपडा बितरण

Date:

पर्सा पोस्ट, माघ २३ गते, वीरगन्ज ।
वीरगन्ज कपडा बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा नि:शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमअन्तर्गत करिब १ हजार थान नयाँ तथा प्रयोगयोग्य कपडा गरीब तथा असहायलाई वितरण गरिएको बैंकका कोषाध्यक्ष मनोज मिश्राले जानकारी दिनुभयो।

वीरगन्ज कपडा बैंकले आइतबारदेखि शुक्रबारसम्म बिहान १०:३० देखि साँझ ५ बजेसम्म वीरगन्ज–८ स्थित कार्यालयबाट नियमित रूपमा नि:शुल्क कपडा उपलब्ध गराउँदै आएको छ।

बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रममा सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता, अधिवक्ता प्रकाश कुमार उपाध्याय तथा समाजसेवी वरुण चौरसिया विशिष्ट अतिथि रहनु भएको थियो।

सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मीले “जो संग धेरै छ, दिएर जानुस् र आवश्यक परेकाले नि:शुल्क लिएर जानुस्” भन्ने मूल मन्त्रका साथ विगत ७ वर्षदेखि बैंकले निरन्तर मानवसेवामा योगदान दिँदै आएको उल्लेख गर्दै सबैलाई मानवता प्रवर्द्धनमा योगदान गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा समाजसेवी, बैंकका पदाधिकारी, सदस्य तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

अध्यक्ष सिंहले बैंकको अभियानमा सहयोग गर्ने सम्पूर्ण दाता, शुभेच्छुक र सहयोगीहरूप्रति आभार व्यक्त गर्नुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

” रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार २०८३ ” बाट अशोक प्रधान सम्मानित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । देशको प्रवेशद्वार तथा...

रबि लामिछानेविरुद्धको संगठित अपराध अभियोग खारेज , सहकारी ठगी मुद्दा यथावत्

पर्सा पोस्ट , जेष्ठ २६ गते , वीरगञ्ज । पर्सा...

सकारात्मक सोच र आत्मबोधले नै जीवन सफल बन्छ : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ २६ गते , रक्सौल, पूर्वी...