नारायणी अस्पतालमा २२ महिनादेखि निरन्तर नि:सुल्क भोजन सेवा , सयौं विपन्नले पाए घरजस्तै खाना

Date:

पर्सा पोस्ट, माघ २४ गते, वीरगन्ज ।
वीरगन्ज समाज सेवाको आयोजनामा वीरगन्जस्थित नारायणी अस्पताल परिसरमा २२औँ महिनाको चौथो साप्ताहिक निःशुल्क भोजन कार्यक्रम शनिबार सभ्य तथा भव्य रूपमा सम्पन्न भएको छ।

करिब दुई वर्षदेखि प्रत्येक शनिबार बिहान ९:३० बजेदेखि सञ्चालन हुँदै आएको यस कार्यक्रममार्फत अस्पतालमा उपचाररत विपन्न बिरामी, कुरुवा, असहाय व्यक्तिहरूका साथै रिक्सा–ईरिक्सा चालक तथा यात्रु–बटुवालाई घरमा बनाएको जस्तै सफा, शुद्ध र पोषिलो भोजन वितरण गरिएको हो।

कार्यक्रमका अवसरमा आयोजक वीरगन्ज समाज सेवाका सचिव प्रकाश वाहेतीले “सेवा नै धर्म हो” भन्ने मूल मन्त्र आत्मसात गर्दै हरेक हप्ता करिब ४५० देखि ५०० जनाले यस सेवाबाट लाभ लिँदै आएको जानकारी दिनुभयो। दिनदुखी तथा असहायको पेट भर्न पाउँदा र उनीहरूको अनुहारमा देखिने खुसीले आफूहरू थप प्रेरित हुने बताउँदै उहाँले आज नगद सहयोग तथा प्रत्यक्ष सेवा गरेका युवा समाजसेवी वरुण चौरसियालाई धन्यवाद व्यक्त गर्नुभयो।

युवा समाजसेवी वरुण चौरसियाले असहाय र विपन्नको सेवा गर्नु नै सबैभन्दा ठूलो धर्म र कर्म भएको बताउँदै नारायणी अस्पतालजस्तो विपन्नहरूको उपचारस्थलमा निःशुल्क घरजस्तै खाना खुवाउने कार्य देखेर आफू पनि सानो सहयोग गर्न प्रेरित भएको बताउनुभयो। उहाँले यस्तो मानवतामूलक अभियानमा सबैलाई हातेमालो गर्न आग्रह समेत गर्नुभयो।

आजको भोजनमा शुद्ध शाकाहारी परिकारअन्तर्गत स्वादिलो भात, दाल, आलु–चनाको तरकारी र हरियो खुर्सानीको अचार वितरण गरिएको थियो। समाजका सेवकहरूले वृद्ध, महिला र बालबालिकालाई बोलाई-बोलाई थप-थप खुवाउँदै सेवा प्रदान गरेका थिए।

कार्यक्रममा समाजका वीरन्द्र आर्य, लालबाबु सिंह, निशान्त लाठ, हरेन्द्र महतो, राज महतो लगायतले सक्रिय सहभागिता जनाई सेवा प्रदान गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...