१ करोड ४० लाखको सहयोगमा बनेको मानव सेवा आश्रमको भवन उद्घाटन तथा हस्तान्तरण

Date:

पर्सा पोस्ट, भदौ १७ गते, वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिका–लक्ष्मणवा–नौतनमा लायन्स क्लब इन्टरनेसनल फाउन्डेसन (LCIF) को आर्थिक सहयोगमा निर्माण गरिएको मानव सेवा आश्रमको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण गरिएको छ।

लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम र लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्डको आयोजनामा बुधबार आयोजित कार्यक्रममा भवनको उद्घाटन तथा हस्तान्तरण गरिएको हो। LCIF ले उपलब्ध गराएको १ करोड ४० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण भएको उक्त भवन आश्रममा आश्रित असहाय तथा संरक्षणको आवश्यकता भएका व्यक्तिहरूको आवास र सेवा व्यवस्थापनका लागि प्रयोग गरिने जनाइएको छ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनलका पूर्व अन्तर्राष्ट्रिय निर्देशक लायन सञ्जय खेतानले नवनिर्मित भवनको उद्घाटन गर्नुभयो। कार्यक्रमको संयुक्त अध्यक्षता लायन्स क्लब अफ वीरगञ्ज मिलेनियमका अध्यक्ष लायन वीरेन्द्र साह र लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्डका अध्यक्ष लायन खुश्बु अग्रवालले गर्नुभएको थियो।

भवन निर्माण सम्पन्न भई आश्रमलाई हस्तान्तरण भएसँगै आश्रममा रहेका व्यक्तिहरूको व्यवस्थित आवास, संरक्षण, स्वास्थ्य तथा दैनिक सेवा व्यवस्थापनमा थप सहजता हुने अपेक्षा गरिएको छ। नयाँ भवनले आश्रमको सेवा विस्तारसँगै असहाय, बेवारिसे तथा संरक्षणको आवश्यकता भएका व्यक्तिहरूलाई सुरक्षित र व्यवस्थित वातावरण उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने आयोजकले जनाएको छ।

कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णा थापा, डिस्ट्रिक्ट गभर्नर लायन राम बिहारी पाण्डेय, मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारी, PMCC कार्यक्रम संयोजक लायन रमेश कुमार अग्रवाल, PDG लायन डी.एन. अग्रवाल, लायन राजकुमार सिन्धी, PDG लायन डा. आर.पी. खेतान, क्याबिनेट सचिव लायन बासु तिमिल्सिना, क्याबिनेट कोषाध्यक्ष लायन रामेश्वर गुप्ता, लायन गणेश लाठ, लायन प्रकाश थारू, एरिया चिफ लायन सुनील गुप्ता तथा लायन्स क्लब अफ रक्सौलका बिमल सर्राफलगायतको उपस्थिति रहेको थियो।

मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीले आश्रमले संरक्षणविहीन तथा असहाय व्यक्तिहरूको सेवा र पुनःस्थापनाका लागि गर्दै आएको काममा नयाँ भवनले थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

मानवीय सेवाका क्षेत्रमा सक्रिय लायन्स क्लबको पहल र LCIF को सहयोगमा निर्माण भएको भवनलाई सेवा, संरक्षण र पुनःस्थापनाको अभियानलाई थप प्रभावकारी बनाउने महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ।

कार्यक्रमको सहजीकरण मानव सेवा आश्रमका देवेश मानवले गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...