बेपत्ता दिवसमा वीरगञ्जमा दीप प्रज्वलन

Date:

पर्सा पोस्ट, भदौ १४ गते, वीरगञ्ज ।
एम्नेस्टी इन्टरनेसनल नेपाल, ग्रुप १६ वीरगञ्जले जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा दीप प्रज्वलन गर्दै बेपत्ता पारिएका व्यक्तिहरूको सत्य, न्याय र जवाफदेहिताका लागि आवाज उठाएको छ।

हरेक वर्ष अगस्ट ३० लाई विश्वभर ‘जबरजस्ती बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस’का रूपमा मनाइन्छ। सोही अवसरमा एम्नेस्टी ग्रुप १६ वीरगञ्जले बेपत्ता पारिएका व्यक्तिहरूको स्मरण गर्दै उनीहरूका परिवारले वर्षौंदेखि खोजिरहेको सत्य र न्यायप्रति ऐक्यबद्धता जनाएको हो।

कार्यक्रममा नेपालमा हालै आएको बाढी तथा अन्य प्राकृतिक विपदामा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाहरूको सकुशल उद्धारको कामनासमेत गरिएको थियो। सहभागीहरूले प्रभावित परिवारलाई तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाको व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरेका थिए।

एम्नेस्टी इन्टरनेसनल नेपाल, ग्रुप १६ वीरगञ्जका अध्यक्ष रजनिश झाको नेतृत्वमा भएको कार्यक्रममा समाजसेवी प्रकाश उपाध्याय, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, सचिव सुनील महतो, पूर्वअध्यक्ष तथा मेन्टर प्रकाश बाहेती, मेन्टर राजेश जैन, बोर्डका पदाधिकारी तथा सदस्य, सञ्चारकर्मीलगायतको उपस्थिति थियो।

कार्यक्रममा समाजसेवी प्रकाश उपाध्यायले रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाहरूको सकुशलताको कामना गरे। उनले जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्न र पीडित परिवारलाई न्याय दिलाउन विश्वभरका सरकारहरू गम्भीर र जवाफदेही हुनुपर्ने बताए।

उनले जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिहरूको आवाजलाई अन्तर्राष्ट्रिय स्तरमा उठाउँदै आएको एम्नेस्टी इन्टरनेसनलको अभियान प्रशंसनीय रहेको बताउँदै बेपत्ता व्यक्तिको खोजी तथा परिवारलाई न्याय दिलाउने विषयमा राज्यले संवेदनशील भएर काम गर्नुपर्नेमा जोड दिए।

ग्रुप १६ वीरगञ्जका अध्यक्ष रजनिश झाले जबर्जस्ती बेपत्ता पार्नु मानवताविरुद्धको अपराध भएको बताए। उनले सत्य पत्ता लगाउने, न्याय सुनिश्चित गर्ने र पीडित परिवारलाई साथ दिने अभियानमा एम्नेस्टी इन्टरनेसनल निरन्तर सक्रिय रहेको उल्लेख गरे।

“जबरजस्ती बेपत्ता पार्नु मानवताविरुद्धको अपराध हो। सत्य पत्ता लगाऔँ, न्याय सुनिश्चित गरौँ र पीडित परिवारलाई साथ दिऔँ। कसैलाई पनि नबिर्सौँ,” झाले भने।

उनले राज्यलाई बेपत्ता व्यक्तिहरूको अवस्था सार्वजनिक गर्न र पीडित परिवारलाई न्यायको अनुभूति दिलाउन निरन्तर दबाब दिइरहेको बताए। साथै रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ता भएकाहरूको सकुशलताको कामना गरे।

एम्नेस्टी ग्रुप १६ वीरगञ्जका पूर्वअध्यक्ष तथा मेन्टर राजेश जैनले मानव अधिकार उल्लङ्घनका घटनामा पीडित तथा पीडित परिवारको आवाज बुलन्द गर्दै आएको संस्था एम्नेस्टी इन्टरनेसनल भएको बताए। वीरगञ्ज ग्रुप १६ ले पनि स्थानीय स्तरमा मानव अधिकारसम्बन्धी सचेतना तथा राहतका विभिन्न अभियान सञ्चालन गर्दै आएको उनले जानकारी दिए।

कार्यक्रमका सहभागीहरूले प्राकृतिक विपदाबाट प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै मानवीय सहयोगका लागि सबै पक्ष एकजुट हुन आह्वान गरेका थिए। दीप प्रज्वलन मार्फत बेपत्ता पारिएका व्यक्तिहरूको खोजी, सत्यको उजागर, न्याय तथा जवाफदेहिताका लागि सामूहिक प्रतिबद्धतासमेत व्यक्त गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...