क्रियाशिल युवा पत्रकार मञ्चको दोस्रो साधारणसभा सम्पन्न , आनन्द पटेलको नेतुत्वमा नयाँ कार्य समिति चयन

Date:

पर्सा पोस्ट, जेष्ठ ०२ गते, वीरगञ्ज ।
क्रियाशील युवा पत्रकार मञ्चको दोस्रो साधारणसभा वीरगञ्जमा सम्पन्न भएको छ। पत्रकारिता क्षेत्रलाई थप सशक्त, जिम्मेवार तथा व्यावसायिक बनाउने उद्देश्यले आयोजित कार्यक्रममा सञ्चारकर्मी, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि गोकर्ण डाँगीले युवा पत्रकारहरूको सक्रिय भूमिका लोकतन्त्र र समाजका लागि अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्। उनले वर्तमान अवस्थामा पत्रकारिता क्षेत्र विभिन्न चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै सत्य, निष्पक्षता र जनउत्तरदायी पत्रकारितालाई आत्मसात् गर्न युवा पत्रकारहरूलाई आग्रह गरे।

उनले पत्रकारिता केवल समाचार सम्प्रेषण गर्ने माध्यम मात्र नभई समाजलाई सही दिशा दिने महत्वपूर्ण जिम्मेवारीसमेत भएको उल्लेख गर्दै तथ्यमा आधारित, मर्यादित र उत्तरदायी पत्रकारितामार्फत समाजमा सकारात्मक परिवर्तन सम्भव हुने धारणा राखे।

कार्यक्रम क्रियाशील युवा पत्रकार मञ्चका अध्यक्ष प्रणय कुमारको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य सुवोध गुप्ता, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, श्याम बञ्जारा, दीपक शाक्य, नीरज पिठाकोटे, मनोज पटेल, राजेन्द्र प्रसाद कोईराला, हरि गौतम तथा अशोक वैद लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

वक्ताहरूले पत्रकारिता क्षेत्रलाई मर्यादित, तथ्यपरक तथा जिम्मेवार बनाउन युवा पुस्ताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सञ्चारमाध्यमप्रतिको जनविश्वास कायम राख्न सबै पत्रकार एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा संस्थाका उपाध्यक्ष आनन्द पटेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन महासचिव विरेन्द्र साहले गरेका थिए।

साधारणसभापछि सम्पन्न बन्दसत्रबाट निवर्तमान उपाध्यक्ष आनन्द पटेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको जनाइएको छ। नवगठित कार्यसमितिले पत्रकारहरूको हकहित संरक्षण, क्षमता अभिवृद्धि तथा व्यावसायिक पत्रकारिताको विकासका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...