बिरगंज तेक्वान्दो डोजाङ्द्वारा येलो बेल्ट प्रमोशन कार्यक्रम सम्पन्न

Date:

पर्सा पोस्ट, चैत २३ गते, वीरगञ्ज ।
बिरगंज तेक्वान्दो डोजाङद्वारा आयोजित येलो बेल्ट प्रमोशन कार्यक्रम आज सोमबार सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा सहभागी सम्पूर्ण खेलाडीहरूलाई डोजाङले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।

उक्त कार्यक्रममा पर्सा जिल्ला कार्यसमितिका अध्यक्ष गणेशमान श्रेष्ठको विशेष उपस्थिति रहेको थियो। साथै, बिरगंज तेक्वान्दो डोजाङका प्रमुख महमद सकिलको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा अन्तर्राष्ट्रिय खेलाडी महमद वेश, राष्ट्रिय खेलाडी मुनिलाल यादव, मस्कट एकेडेमीका सिनियर एकाउन्टेन्ट जयनाथ महतो तथा वरिष्ठ खेलाडी सन्तोष कुमार रौनियारको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ, जसले कार्यक्रमलाई अझ विशेष बनाएको थियो।

येलो बेल्ट प्रमोशन प्राप्त गर्ने सम्पूर्ण खेलाडीहरूलाई बधाई दिँदै आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न शुभकामना व्यक्त गरिएको छ।

लामो समयपछि वीरगञ्जमा खेलकुद गतिविधि अन्तर्गत तेक्वान्दो डोजाङले बेल्ट प्रमोशन कार्यक्रम आयोजना गर्नु सकारात्मक र स्वागतयोग्य कदम मानिएको छ। यसले खेलाडी उत्पादन र खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद र अनुशासनका लागि खेलकुद” आजको आवश्यकता रहेको उल्लेख गर्दै खेलकुद देशको गहना भएकोमा जोड दिइएको छ। खेलकुदमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान स्थापित गर्न सकिने भएकाले संघीय, प्रदेश र स्थानीय सरकारले यस क्षेत्रमा विशेष ध्यान र पर्याप्त बजेट विनियोजन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

साथै, राष्ट्रिय खेलकुद परिषद् तथा जिल्ला खेलकुद विकास समितिले खेलाडी उत्पादन र प्रोत्साहनमा अझ सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...