रास्वपा पर्सा वडा न.२ मा समसाद आलमको अध्यक्षतामा ११ सदस्यीय वडा ईकाई समिति गठन

Date:

पर्सा पोस्ट, जेठ ०३ गते, वीरगञ्ज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा जिल्लाअन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. २ छपकैया स्थित छठघाट धर्मशालामा शनिबार वडा एकाई समिति गठन गरिएको छ।

समसाद आलमको सभापतित्वमा सम्पन्न भेलाले ११ सदस्यीय वडा समिति गठन गरेको हो। समितिको उपसभापतिमा सन्नी कुमार गुप्ता , सचिवमा साहिर हुसेन ठकुराई , सदस्यमा  शेष तबरेज , अजय महतो , जगदीश सहनी , मिहिका थापा , मुन्नी देबि , सायरा खातुन , शेष जाहागिर र फैजुल्लाह  चयन भएका छन्।

यसैगरी भेलाले सल्लाहकार समिति पनि गठन गरेको छ। सल्लाहकार समितिमा शेख जमसेद , बिक्रम दास तत्वा , मन्सुर आलम , सुरेश चन्द्र रेग्मी र विवेक शर्मा  रहेका छन्।

कार्यक्रम रास्वपाका प्रदेश शिक्षा प्रमुख सबु कंडेलको अध्यक्षतामा भएको थियो । पार्टीका जिल्ला तथा क्षेत्रीय तहका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो।

भेलाले वडा स्तरमा संगठन विस्तार, जनसमस्याको पहिचान तथा जनतासँग प्रत्यक्ष समन्वय गर्दै पार्टीको गतिविधिलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...