विश्व हिन्दू परिषदद्वारा हिन्दू पत्रकार संघलाई ३० थान प्रेस ज्याकेट सहयोग , पत्रकार दिपक चौरसिया संघमा आबद्ध

Date:

पर्सा पोस्ट, जेष्ठ ०९ गते, वीरगञ्ज ।
विश्व हिन्दू परिषद् नेपालले शनिबार वीरगञ्जमा आयोजित एक विशेष कार्यक्रममा नेपाल हिन्दू पत्रकार संघलाई ३० थान प्रेस ज्याकेट हस्तान्तरण गरेको छ। वीरगञ्जस्थित माईस्थान अतिथि सदनको सभाहलमा सम्पन्न कार्यक्रममा परिषद्ले पत्रकारहरूको सुरक्षा, पहिचान तथा कार्यक्षेत्रमा सहजता अभिवृद्धि गर्ने उद्देश्यसहित उक्त सहयोग प्रदान गरेको जनाएको छ।

कार्यक्रममा विश्व हिन्दू परिषद् वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ज्योति रुङ्गटाले हिन्दू पत्रकार संघ नेपालका अध्यक्ष राजन रौनियारलाई ज्याकेट हस्तान्तरण गर्नुभएको थियो। त्यसक्रममा संघका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूलाई प्रेस ज्याकेट लगाइदिएर सम्मान समेत गरिएको थियो।

सोही अवसरमा लामो समयदेखि वीरगञ्जलाई कर्मथलो बनाएर सक्रिय पत्रकारिता गर्दै आउनुभएका पत्रकार दीपक चौरसियालाई हिन्दू पत्रकार संघमा औपचारिक रूपमा आबद्ध गराइएको छ। नवआबद्ध पत्रकार चौरसियालाई संघका अध्यक्ष राजन रौनियार र सचिव राज सराफले प्रेस ज्याकेट प्रदान गर्दै संगठनमा स्वागत गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै विश्व हिन्दू परिषद् वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ज्योति रुङ्गटाले पत्रकारहरू समाजका सचेत पहरेदार भएको उल्लेख गर्दै उनीहरूको पहिचान र सुरक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले पत्रकारिता क्षेत्र लोकतन्त्रको मेरुदण्ड भएकाले परिषद्ले सधैं सञ्चारकर्मीहरूसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो,  “पत्रकारहरू सत्य, न्याय र समाज परिवर्तनका संवाहक हुन्। कार्यक्षेत्रमा खटिँदा उहाँहरूको छुट्टै पहिचान कायम होस्, सुरक्षामा सहजता मिलोस् र पेशागत सम्मान अझ बलियो बनोस् भन्ने उद्देश्यले परिषद्को तर्फबाट यो सहयोग गरेका हौं। आगामी दिनमा पनि पत्रकारिता क्षेत्रसँग निरन्तर सहकार्य रहनेछ।”

त्यसैगरी, ज्याकेट ग्रहण गर्दै हिन्दू पत्रकार संघका अध्यक्ष राजन रौनियारले परिषद्प्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले श्रमजीवी पत्रकारहरूलाई थप हौसला प्रदान गर्ने बताउनुभयो। उहाँले प्रेस ज्याकेटलाई केवल पोशाक नभई पत्रकारहरूको जिम्मेवारी, अनुशासन र पहिचानको प्रतीकको रूपमा व्याख्या गर्नुभयो।

उहाँले भन्नुभयो  “विश्व हिन्दू परिषद्ले पत्रकारहरूको भावना र आवश्यकतालाई बुझेर गरेको सहयोग सराहनीय छ। यस्तो सहकार्यले पत्रकारहरूको मनोबल बढाउनेछ। साथै आजकै दिन दीपक चौरसियाजीजस्तो अनुभवी र सक्रिय पत्रकार संगठनमा आबद्ध हुनु संगठनका लागि थप ऊर्जा र मजबुतीको विषय हो।”

हिन्दू पत्रकार संघका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संघका सचिव राज सराफले गर्नुभएको थियो। कार्यक्रममा वीरगञ्जका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार, सामाजिक अभियन्ता, बुद्धिजीवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले पत्रकारहरूको पेशागत सुरक्षासँगै प्रेस स्वतन्त्रता, मर्यादित पत्रकारिता र सामाजिक उत्तरदायित्वलाई थप सशक्त बनाउन यस्ता सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...

सकारात्मक सोच र आत्मशुद्धिले मात्र जीवन सफल बन्छ : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ ०९ गते , रक्सौल, पूर्वी...