क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

Date:

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज ।
क्रियाशील युवा पत्रकार मञ्च नेपालको दोस्रो कार्यसमिति बैठक शनिबार वीरगञ्जमा सम्पन्न भएको छ। बैठकले संस्थालाई थप विस्तार गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गर्ने लगायत महत्वपूर्ण निर्णय गरेको छ।

वीरगञ्जस्थित च्वाइस खबर डटकमको कार्यालयमा सम्पन्न बैठक संस्थाका अध्यक्ष आनन्द पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा स्थानीय विषयवस्तु तथा जनसरोकारका मुद्दालाई आगामी दिनमा प्राथमिकताका साथ उठाउने निर्णय समेत गरिएको बताइएको छ।

क्रियाशील युवा पत्रकार मञ्च नेपालको दोस्रो साधारणसभाबाट उपाध्यक्षबाट सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका आनन्द पटेलले संस्थालाई अझ सक्रिय र प्रभावकारी बनाउँदै लैजाने उद्देश्यका साथ विभिन्न निर्णय गरिएको जानकारी दिए। अध्यक्ष पटेलका अनुसार वीरगञ्जमा रगतको चरम अभाव भइरहेका बेला नेपाल रेडक्रस सोसाइटी पर्सा तथा रक्तसञ्चार केन्द्रको अनुरोधलाई मध्यनजर गर्दै आगामी जेठ २३ गते शनिबार रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको हो।

त्यसैगरी पत्रकारिता क्षेत्रमा सक्रिय रूपमा कार्यरत १० जना पत्रकारलाई पहिलो चरणमा सदस्यता वितरण गर्ने निर्णय समेत गरिएको अध्यक्ष पटेलले बताए। संस्थालाई सशक्त बनाउँदै पत्रकारहरूको हकहित, पेशागत विकास तथा सामाजिक उत्तरदायित्वका गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने लक्ष्य राखिएको उनले उल्लेख गरे।

बैठकमा संस्थाका निवर्तमान अध्यक्ष प्रणय साह, उपाध्यक्ष वीरेन्द्र साह, सचिव ओमप्रकाश सराफ, कोषाध्यक्ष उपेन्द्र कुमार बरै लगायत सदस्यहरू सुनिल ओझा, आरोहण साह, मुकेश यादव, कान्हिया बर्नवाल, अर्जुन पण्डित तथा दिपेश ठाकुरको उपस्थिति रहेको थियो। बैठकको सहजीकरण महासचिव राकेश साहले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

सकारात्मक सोच र आत्मशुद्धिले मात्र जीवन सफल बन्छ : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ ०९ गते , रक्सौल, पूर्वी...