सकारात्मक सोच र आत्मशुद्धिले मात्र जीवन सफल बन्छ : बिमल सरार्फ

Date:

पर्सा पोस्ट , जेष्ठ ०९ गते , रक्सौल, पूर्वी चम्पारण ।
मानव मनले नै मानिसको प्रवृत्ति, अवस्था र जीवनको दिशा निर्धारण गर्ने भएकाले मनलाई नियन्त्रण गर्न सक्ने कला नै वास्तविक आध्यात्मिक अभ्यास भएको सामाजिक कार्यकर्ता बिमल सर्राफले बताएका छन्। लायन्स क्लब अफ रक्सौलका अध्यक्षसँग मिडिया प्रभारी तथा भारत विकास परिषद्, रक्सौलका सेवा संयोजक एवं मिडिया प्रभारीसमेत रहेका सर्राफले प्रेससँग कुराकानी गर्दै वर्तमान समाजमा सकारात्मक सोच, आत्मशुद्धि र सरल जीवनशैलीको आवश्यकता झन् बढ्दै गएको धारणा व्यक्त गरे।

उनले अहिलेको समय सरलताको नभए पनि सरलताभन्दा उत्तम कुनै विकल्प नरहेको उल्लेख गर्दै मानिसले आफ्ना कमजोरी र गल्ती समयमै स्वीकार गर्न सिक्नुपर्ने बताए। “जसले आफ्नो गल्ती स्वीकार गर्दैन, समयले उसलाई गल्ती महसुस गराउँछ,” उनले भने।

सर्राफले मानिसको सोच र व्यवहारले नै उसको जीवन निर्माण गर्ने उल्लेख गर्दै खराब विचार, नकारात्मक सोच तथा मनभित्रको द्वन्द्वले मानिसलाई मानसिक रूपमा कमजोर बनाउने बताए। उनले उदाहरण दिँदै भने, “भाँडामा पकाइएको खिचडीले बिरामीलाई निको पार्छ, तर मनमा पकाइएको खिचडीले मानिसलाई बिरामी बनाउँछ।”

उनले सकारात्मक सोच, स्वच्छ विचार र उच्च मूल्यमान्यताले मात्र व्यक्तिलाई सम्मानित र सफल बनाउन सक्ने बताए। “मूर्ख उसको शब्दले चिनिन्छ भने बुद्धिमान व्यक्ति उसको मौनताले चिनिन्छ,” उनले थपे।

भगवानप्रति अनावश्यक गुनासो गर्नुको सट्टा आत्मविश्लेषण गर्नुपर्नेमा जोड दिँदै उनले भने, “भगवानले पेट भर्ने जिम्मेवारी लिएका छन्, तर लोभ र असन्तुष्टिको पेट कहिल्यै भरिँदैन।”
उनले मानिसको बाहिरी रूप, पहिरन वा ब्रान्डभन्दा पनि भित्री आत्मा, संस्कार र चरित्र महत्वपूर्ण हुने बताए। “चश्माको फ्रेम सुन वा चाँदीको भए पनि भित्रको सिसाले नै देखाउने काम गर्छ। त्यसैगरी शरीरलाई ढाक्ने लुगा जतिसुकै महँगो भए पनि आत्मा शुद्ध र उच्च हुनुपर्छ,” उनले स्पष्ट पारे।

जीवनमा साना–साना खुशीलाई स्वीकार गर्न नसक्दा मानिस सधैं ठूलो खुशीको खोजीमा असन्तुष्ट बन्ने गरेको उल्लेख गर्दै सर्राफले सन्तुष्टि, संयम र सकारात्मक दृष्टिकोण नै सुखी जीवनको आधार भएको बताए।

उनले अन्त्यमा मानिसले आफ्ना विचार, व्यवहार र मूल्यमान्यता सुधार्न सके जीवन कहिल्यै खराब नहुने उल्लेख गर्दै हृदयको शुद्धता र मानवीय संवेदनशीलता जोगाइराख्न सबैलाई आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...