बिरगंज पब्लिक कलेजको २५ वर्षे शैक्षिक यात्रा उत्साहपूर्वक मनाईयो

Date:

पर्सा पोस्ट , जेष्ठ ०२ गते , वीरगञ्ज ।
वीरगञ्जमा स्थापित प्रतिष्ठित शैक्षिक संस्था वीरगञ्ज पब्लिक कलेज ले आफ्नो २५ औँ शैक्षिक यात्रा सफलतापूर्वक पूरा गरेको अवसरमा कक्षा ११ र १२ दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष कार्यक्रम आयोजना गरेको छ। “Celebrating 25 Years of Academic Excellence” भन्ने नारासहित आयोजित कार्यक्रममा कलेजले विगत २५ वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै हजारौं विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको चर्चा गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले कलेजले विद्यार्थीलाई केवल किताबी ज्ञानमा सीमित नराखी व्यवहारिक, नैतिक तथा प्रतिस्पर्धी शिक्षा प्रदान गर्दै आएको बताए। कलेजबाट अध्ययन पूरा गरेका विद्यार्थीहरू आज बैंकिङ क्षेत्र, ठूला उद्योग तथा कम्पनी, प्रहरी प्रशासन, चिकित्सा, इन्जिनियरिङ, सूचना प्रविधि तथा विभिन्न सरकारी सेवामा सफलतापूर्वक कार्यरत रहेको उल्लेख गरिएको थियो।

कार्यक्रम कलेजका संस्थापक तथा मधेश विश्वविद्यालय का उपकुलपति डा. दिपक शाक्य को अध्यक्षतामा तथा वीरगञ्ज उद्योग वाणिज्य संघ का अध्यक्ष हरि गौतम को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा रोशन गुप्ता, कबिता खडका, हरि रत्न तुलाधर तथा बासु कर्ण लगायत शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रमुख अतिथि हरि गौतमले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै वीरगञ्ज पब्लिक कलेजले विगत २५ वर्षदेखि गुणस्तरीय शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गर्दै आएको बताए। उनले कलेजले विद्यार्थीलाई व्यवहारिक, नैतिक तथा आधुनिक शिक्षा प्रदान गर्दै समाज र राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको धारणा व्यक्त गरे।

त्यसैगरी कार्यक्रमका अध्यक्ष डा. दिपक शाक्यले कलेजले स्थापना कालदेखि नै अनुशासन, गुणस्तरीय शिक्षा तथा विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको बताए। उनले आगामी दिनमा आधुनिक तथा प्रविधिमैत्री शिक्षामार्फत विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने लक्ष्य रहेको जानकारी दिए।

कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए। साथै कलेजको २५ वर्षे शैक्षिक योगदान, उपलब्धि तथा सफल यात्रालाई स्मरण गर्दै विद्यार्थी, अभिभावक तथा पूर्वविद्यार्थीहरूले कलेजप्रति आभार व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...