लागू औषध दुर्व्यसन नियन्त्रणमा अटो चालकको भुमिका महत्वपूर्ण : डिएसपी अधिकारी

Date:

पर्सा पोस्ट , बैशाख ३० गते , वीरगञ्ज ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगञ्ज, पर्सा र ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरको संयुक्त आयोजनामा लागू औषध दुर्व्यसन रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।

वीरगञ्ज–रक्सौल मितेरीपुल क्षेत्रमा दैनिक रूपमा आवतजावत गर्ने अटो रिक्सा चालकहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा लागू औषधको दुष्प्रभाव, यसको सामाजिक असर तथा नियन्त्रणका उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो

कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्जका डिएसपी बिकाश अधिकारीको प्रमुख आतिथ्य तथा ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा भारतीय एसएसबीका जवान, सामुदायिक प्रहरीका पदाधिकारी तथा अटो रिक्सा चालकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै डिएसपी अधिकारीले लागू औषध दुर्व्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै सीमावर्ती क्षेत्रमा सचेतना अभिवृद्धि गर्नु अत्यन्त आवश्यक रहेको बताए। उनले अटो चालकहरू समाजसँग प्रत्यक्ष रूपमा जोडिने भएकाले लागू औषध नियन्त्रण अभियानमा उनीहरूको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे।

त्यसैगरी अध्यक्ष खेतानले युवापुस्तालाई दुर्व्यसनबाट जोगाउन समुदाय, प्रहरी तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए। उनले समाजलाई सुरक्षित, स्वस्थ र सभ्य बनाउन यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।

कार्यक्रममा सहभागी अटो रिक्सा चालकहरूलाई लागू औषध सेवन तथा ओसारपसारका कानुनी परिणाम, स्वास्थ्यमा पर्ने असर तथा सामाजिक दुष्परिणामबारे जानकारी गराइएको थियो। साथै कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको आयोजकले जनाएको छ।

वीरगञ्ज मितेरीपुल क्षेत्रमा आयोजित उक्त कार्यक्रमप्रति सहभागीहरूले सकारात्मक प्रतिक्रिया दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...