विपि उद्यान पार्क निर्माण तीब्र , हराभरा र स्मार्ट बिरगंज अभियानमा ग्रिनसिटिको सक्रियता

Date:

पर्सा पोस्ट, बैशाख २७ गते, वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिकाद्वारा निर्माण तथा सौन्दर्यीकरण भइरहेको विपी उद्यान पार्कको काम तीव्र गतिमा अघि बढिरहेको छ। दिनप्रतिदिन आकर्षक बन्दै गएको पार्कमा हरियाली प्रवर्द्धन, सौन्दर्यीकरण तथा पूर्वाधार विकासका कार्यहरू प्रभावकारी रूपमा सञ्चालन भइरहेका छन्।

यसैक्रममा आदर्शनगर ग्रीनसिटीका अध्यक्ष जयप्रकाश खेतानसहित पदाधिकारीहरूको टोलीले पार्क क्षेत्रको निरीक्षण गर्दै भइरहेको कार्यप्रगतिबारे जानकारी लिएको छ। निरीक्षणका क्रममा अध्यक्ष खेतानले वीरगञ्जलाई हराभरा, सफा र स्मार्ट सिटी बनाउने अभियानमा ग्रीनसिटी तथा सामुदायिक प्रहरी सेवा आदर्शनगर सुरुदेखि नै अग्रपंक्तिमा रहेर काम गर्दै आएको बताए।

उनले आगामी दिनमा पनि वातावरण संरक्षण, सरसफाइ, वृक्षारोपण, ट्राफिक व्यवस्थापन, सार्वजनिक स्थल संरक्षण तथा नागरिक सचेतनाजस्ता अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाइने उल्लेख गरे। “काम गर्दै जाने हो, फल हेर्ने होइन,” भन्ने धारणा व्यक्त गर्दै अध्यक्ष खेतानले निरन्तर सकारात्मक प्रयासले अवश्य सफलता प्राप्त हुने विश्वास व्यक्त गरे।

खेतानले पहिलेको वीरगञ्ज र अहिलेको वीरगञ्जबीच ठूलो परिवर्तन आएको उल्लेख गर्दै नागरिकलाई नै प्रश्न गरे, “पहिलेको वीरगञ्ज र आजको वीरगञ्ज हेर्नुस्, कस्तो छ ?” उनले शहरको विकास, सरसफाइ र हरियाली विस्तारमा सबैको साथ, सहयोग र सहभागिता अपरिहार्य रहेको बताए।
वीरगञ्जलाई व्यवस्थित, स्वच्छ र आधुनिक शहरका रूपमा स्थापित गर्ने उद्देश्यले महानगरपालिका, सामाजिक संस्था तथा स्थानीयवासीबीच सहकार्य आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...