मिठो बोली र मुस्कानले व्यक्तित्वलाई बनाउछ आकर्षक :समाजसेवी बिमल सरार्फ

Date:

पर्सा पोस्ट , बैशाख २७ गते , रक्सौल, पूर्वी चम्पारण ।
मानिसलाई आकर्षित गर्न धन, शक्ति वा बाह्य सुन्दरताभन्दा पनि मीठो बोली र कोमल मुस्कान सबैभन्दा प्रभावकारी माध्यम भएको समाजसेवी बिमल सर्राफले बताएका छन्। लायन्स क्लब अफ रक्सौलका अध्यक्ष तथा मिडिया प्रभारी, भारत विकास परिषद् रक्सौलका सेवा संयोजक एवं सामाजिक अभियन्ता सर्राफले पत्रकारहरूसँग कुराकानी गर्दै व्यक्तित्व विकास र सामाजिक सम्बन्धमा सकारात्मक व्यवहारको महत्त्वबारे धारणा राखेका हुन्।

उनले कलाकार, विद्वान, डाक्टर, पहलवान वा धनी व्यक्तिहरूले समाजमा केही समयका लागि प्रशंसा पाए पनि त्यो स्थायी नहुने बताए। “मानिसलाई दीर्घकालसम्म प्रभाव पार्ने गुण भनेको मीठो शब्द र आत्मीय मुस्कान हो,” उनले भने, “यी दुई गुण अपनाउन कुनै धन खर्च गर्नुपर्दैन, केवल सकारात्मक सोच र व्यवहार आवश्यक पर्छ।”

सर्राफका अनुसार कृत्रिम सौन्दर्यले केही समय मात्र आकर्षण दिन सक्छ, तर स्वभावमा रहेको सरलता, विनम्रता र मुस्कानले मानिसको मन जित्न सफल हुन्छ। उनले प्राकृतिक फूलको सुगन्ध र कृत्रिम कागजी फूलबीच तुलना गर्दै वास्तविक सुन्दरता मनको शुद्धतामा हुने उल्लेख गरे।
उनले मुस्कानलाई स्वस्थ, सन्तुलित र सन्तुष्ट मनस्थितिको प्रतीकका रूपमा व्याख्या गर्दै यसलाई दैनिक जीवनमा अभ्यास गर्न सुझाव दिए। “मुस्कानले तनाव कम गर्छ, सम्बन्ध बलियो बनाउँछ र समाजमा सकारात्मक ऊर्जा फैलाउँछ,” उनले बताए।

कार्यक्रममा सहभागी स्थानीय बुद्धिजीवी तथा सामाजिक व्यक्तित्वहरूले पनि वर्तमान व्यस्त जीवनशैलीमा मानिसहरूबीच आत्मीयता घट्दै गएको उल्लेख गर्दै मीठो व्यवहार र सद्भावनाको संस्कृतिलाई पुनर्जीवित गर्न आवश्यक रहेको धारणा राखेका थिए।

समाजमा बढ्दो तनाव, असहिष्णुता र सम्बन्ध विच्छेदका घटनाबीच बिमल सर्राफले दिएको सकारात्मक सन्देशले धेरैलाई प्रेरित गरेको सहभागीहरूले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...