सान्सद हरि पन्तविरुद्ध फैलाईएको सामग्री भ्रामक : कानुनी कार्वाही प्रक्रिया अघि बढ्यो

Date:

पर्सा पोस्ट , बैशाख २६ गते , वीरगञ्ज ।
पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद (हरि) पन्तको नाम, तस्वीर तथा सार्वजनिक प्रतिष्ठासँग जोडेर सामाजिक सञ्जाल र केही अनलाइन माध्यममा प्रकाशित सामग्रीप्रति उनको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शुक्रबार जारी गरिएको प्रेस विज्ञप्तिमा सांसद पन्तमाथि लगाइएका आरोपहरू पूर्ण रूपमा कपोलकल्पित, भ्रामक, तथ्यहीन तथा चरित्रहत्या गर्ने उद्देश्यले प्रेरित रहेको उल्लेख गरिएको छ। सचिवालयले अनलाइन तथा सामाजिक सञ्जालमा प्रचार गरिएका विषयवस्तुले जनमानसमा भ्रम सिर्जना गर्ने प्रयास गरेको भन्दै त्यसप्रति सचेत रहन आग्रह गरेको छ।

विज्ञप्तिअनुसार सामाजिक सञ्जालमा जोडिएका विभिन्न व्यवसाय तथा व्यावसायिक संस्थासँग सांसद पन्तको कुनै पनि प्रकारको सम्बन्ध नरहेको स्पष्ट पारिएको छ। बिना प्रमाण कुनै व्यक्तिको नाम, तस्वीर तथा सामाजिक छविलाई दुरुपयोग गरी गलत सूचना फैलाउनु कानुनी रूपमा गम्भीर अपराध भएको सचिवालयको भनाइ छ।

सचिवालयले यस्ता आधारहीन र अपुष्ट सामग्रीले सांसद पन्तको व्यक्तिगत प्रतिष्ठा, सामाजिक सम्मान तथा राजनीतिक जीवनमा गम्भीर असर पार्ने उद्देश्य राखिएको जनाएको छ। साथै, सामग्री निर्माण, प्रकाशन, शेयर तथा प्रसारणमा संलग्न व्यक्ति वा संस्थालाई तत्काल त्यस्ता सामग्री हटाउन, भ्रमपूर्ण प्रचार बन्द गर्न तथा सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गरिएको छ।

विज्ञप्तिमा नेपालको संविधान, विद्युतीय कारोबार ऐन तथा मुलुकी अपराध संहिताअनुसार आवश्यक कानुनी उपचारको प्रक्रिया अघि बढाइसकिएको जानकारी समेत दिइएको छ।

सचिवालयले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणलाई तथ्य पुष्टि नगरी कुनै पनि सामग्री शेयर नगर्न तथा जिम्मेवार र सत्यतथ्यमा आधारित सूचना प्रवाह गर्न अनुरोध गरेको छ।

राजनीतिक व्यक्तित्वमाथि सामाजिक सञ्जालमार्फत भइरहेका भ्रामक प्रचारप्रसारप्रति पछिल्लो समय चिन्ता बढिरहेका बेला सांसद पन्तको सचिवालयले जारी गरेको यो विज्ञप्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...