पर्सामा रगत अभावपछि रास्वपा पर्साद्वारा आकस्मिक रक्तदान कार्यक्रम , १११ जनाको सहभागीता

Date:

पर्सा पोस्ट, बैशाख १९ गते, वीरगञ्ज ।
पर्सा जिल्लामा बढ्दो रगत अभावलाई मध्यनजर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले वीरगञ्जमा आकस्मिक रूपमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। गर्मीयाम सुरु भएसँगै रगतको अभाव बढ्न थालेपछि शनिबार स्थानीय क्लासिक बेन्क्वेट हलमा कार्यक्रम सम्पन्न गरिएको हो।

उक्त रक्तदान कार्यक्रममा ७ जना महिला सहित कुल १११ जनाले उत्साहपूर्वक रक्तदान गरेका थिए। वीरगञ्ज क्षेत्रमा रगतको अभाव भइरहेका बेला आयोजित कार्यक्रममा शिक्षा, स्वास्थ्य, व्यवसाय लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

शिक्षाविद् मार्टिन मुक्तानको संयोजनमा सम्पन्न कार्यक्रममा राम लामा, तुलसा पौडेल, दिलिप कुर्मी, सुदिश प्रजापती, बिन्दा कुमारी अन्सारी, राजकुमार सहनी, शेख मजीद, सुनिल कुमार चौधरी लगायतले रक्तदान गरेका थिए।

कार्यक्रम रास्वपा पर्साका अध्यक्ष तथा पर्सा–१ का प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद पन्त (हरि पन्त) को विशेष आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, शैक्षिक सहिद मुकुन्द खनाल प्रतिष्ठान पर्साका सभापति मुना खनाल, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, एलोकल नेपाल खबरका सञ्चालक युवराज केसरी, रास्वपा पर्साका उपाध्यक्ष तुलसा पौडेल, सचिव सुदिस प्रजापति, वीरगञ्ज महानगर अध्यक्ष अमन आलम, सचिव गौतम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा सांसद पन्तले वीरगञ्ज क्षेत्रमा रगतको अभाव भएको जानकारी पाएपछि छोटो समयमै कार्यक्रम आयोजना गरिएको बताए। उनले रक्तदानले दातालाई कुनै हानि नगर्ने तर बिरामीको जीवन बचाउने भएकाले प्रत्येक तीन महिनामा नियमित रूपमा रक्तदान गर्न सबैलाई आग्रह गरे।

त्यस्तै, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति पटेलले हाल वीरगञ्जको रक्तसञ्चार केन्द्रमा रगत अभाव हुँदा नारायणी अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरूमा उपचारमा समस्या भइरहेको जानकारी दिए। यस्तो संवेदनशील अवस्थामा कार्यक्रम आयोजना गरी मानवताको उदाहरण प्रस्तुत गरेको भन्दै उनले रास्वपा पर्सा परिवारप्रति आभार व्यक्त गरे।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका कार्यसमिति सदस्य मुना खनाल तथा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेयको नेतृत्वमा रेडक्रस, वीरगञ्ज नर्सिङ क्याम्पस र हिमाल इन्स्टिच्युट नर्सिङ कलेजका स्वयंसेवक टोलीले रक्तदान कार्यलाई सहजीकरण गरेका थिए।

रगत अभावजस्तो संवेदनशील विषयमा समयमै गरिएको यस पहलले स्थानीय स्वास्थ्य क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...