बिरगंजमा २५७० औं बुद्ध जयन्ती भब्य रुपमा मनाईयो, शान्ति र सहिष्णुताको संदेश प्रवाह

Date:

पर्सा पोस्ट, बैशाख १८ गते, वीरगञ्ज ।
वीरगञ्जमा विश्व शान्तिनायक गौतम बुद्ध को २५७०औँ बुद्ध जयन्ती विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ। वीरगञ्ज बौद्ध समितिको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थी, शिक्षक, बौद्ध धर्मावलम्बी तथा विभिन्न क्षेत्रका सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सुरुवात बुद्ध वन्दना तथा त्रिशरण मन्त्र उच्चारणसँगै गरिएको थियो। त्यसपछि वीरगञ्जको माइस्थानबाट शान्ति र्‍याली निकालिएको थियो। र्‍याली घण्टाघर, बसपार्क हुँदै भिसुवा डाँडामा पुगेर समापन गरिएको आयोजकले जनाएको छ। र्‍यालीमा सहभागीहरूले शान्ति, सहिष्णुता, अहिंसा र मानवताको सन्देश प्रवाह गरेका थिए।

कार्यक्रम संयोजक रुपेश मानन्धरको अध्यक्षतामा सम्पन्न समारोहका प्रमुख अतिथि मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य रहेका थिए। साथै विशिष्ट अतिथिका रूपमा समाजसेवी जसपाल सिंह, राम बहादुर लामा, वीरगञ्ज जेसिजका निवर्तमान अध्यक्ष सरोज चौरसिया, प्याब्सन वीरगञ्ज अध्यक्ष राहुल श्रीवास्तव, वरिष्ठ उपाध्यक्ष सुशिला साह लगायतको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि डा. शाक्यले आफ्नो सम्बोधनमा बुद्धका उपदेश आजको विश्वका लागि अझ सान्दर्भिक रहेको उल्लेख गर्दै हिंसा, द्वन्द्व र अशान्तिबाट ग्रसित समाजलाई बुद्धको करुणा, मैत्री र मध्यम मार्गले मात्र सही दिशा दिन सक्ने बताए। उनले भने, “बुद्ध केवल एक धर्मका गुरु होइनन्, उहाँ सम्पूर्ण मानव जातिका मार्गदर्शक हुनुहुन्छ। उहाँका विचारलाई व्यवहारमा उतार्न सके समाजमा शान्ति, समानता र सद्भाव कायम गर्न सकिन्छ।”

उपकुलपति शाक्यले विशेष गरी युवापुस्तालाई बुद्धका शिक्षाहरू अध्ययन गरी जीवनमा आत्मसात गर्न, नैतिकता, अनुशासन र सेवाभावमा प्रेरित हुन आग्रह गरे।
कार्यक्रम सञ्चालन बिपिसीका प्रोफेसर डा. अर्बिन्द श्रेष्ठले गरेका थिए। कार्यक्रममा सहभागीहरूले बुद्ध जयन्तीले समाजमा शान्ति, एकता र आपसी सद्भावको भावना अझ मजबुत बनाएको बताएका थिए।

यस अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुति, बुद्धका जीवन दर्शनसम्बन्धी वक्तृत्व कार्यक्रम तथा दीप प्रज्वलन कार्यक्रम समेत आयोजना गरिएको आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...