” सुदर्शनराज पान्डे स्मृति पत्रकारिता पुरस्कार -२०८२ वरिष्ठ पत्रकार इश्वरचन्द्र गौतमलाई प्रदान

Date:

पर्सा पोस्ट, चैत ११ गते, वीरगञ्ज ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाले वरिष्ठ पत्रकार तथा शाखाका पूर्व अध्यक्ष ईश्वरचन्द्र गौतमलाई “सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२” प्रदान गरेको छ। पत्रकारितामा व्यावसायिकता, विश्वसनीयता तथा संस्थागत सुदृढीकरणमा उहाँले पुर्‍याउनुभएको उल्लेखनीय योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको महासंघले जनाएको छ।

दीर्घकालदेखि सक्रिय पत्रकारितामार्फत समाजमा सकारात्मक प्रभाव पार्दै आउनुभएका गौतमलाई स्वास्थ्य अवस्थाका कारण कार्यक्रममा उपस्थित हुन नसकेपछि महासंघको टोली वीरगञ्ज महानगरपालिका–कुम्हालटोलस्थित उहाँकै निवासमा पुगेर पुरस्कार हस्तान्तरण गरेको थियो।

कार्यक्रम नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षता तथा हरि पन्तको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा महासंघका केन्द्रीय पूर्व सचिव दिपेन्द्र चौहान, केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय लेखा संयोजक केसी लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, सदस्यहरू राहुल गुप्ता, रितेश त्रिपाठी तथा समाजसेवी कमल चौलागाईंलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शाखा सचिव विजय चौहानले गर्नुभएको थियो।

सम्मान ग्रहण गर्दै गौतमले स्वर्गीय सुदर्शन पाण्डेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँलाई निडर, सत्यनिष्ठ र जनपक्षीय पत्रकारका रूपमा स्मरण गर्नुभयो। उहाँले सत्य तथ्यलाई नडराई जनतामाझ ल्याउने पाण्डेको योगदान प्रेरणादायी रहेको उल्लेख गर्दै आफूलाई सम्मानित गरेकोमा महासंघप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै केन्द्रीय सचिव अशोक तिवारीले स्वर्गीय पाण्डे निर्भीक र स्पष्ट विचार राख्ने पत्रकारका रूपमा परिचित रहेको बताउँदै उहाँको कार्यशैली सबैका लागि अनुकरणीय भएको धारणा व्यक्त गर्नुभयो। साथै, यस्तो व्यक्तित्वको नाममा स्थापित पुरस्कार गौतमलाई प्रदान गर्न पाउँदा आफूहरू गर्वान्वित भएको बताउनुभयो।

अध्यक्ष खनालले उक्त पुरस्कार भदौ २७ गते नै वितरण गर्ने तयारी रहे पनि त्यसबेला देशमा विकसित राजनीतिक परिस्थितिका कारण कार्यक्रम स्थगित भएको जानकारी दिँदै हाल पुनः आयोजना गरी वितरण गरिएको स्पष्ट पार्नुभयो। साथै, छोटो सूचनामै उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभयो।

यस पुरस्कारले पत्रकारितामा समर्पित व्यक्तित्वहरूलाई थप ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास गरिएको

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक चेतना र सकारात्मक सोचले जिवनलाई सार्थक बनाउँछ : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ ३१ गते , रक्सौल, पूर्वी...