विपिन्न परिवारको श्राद्वमा सहयोग : युवा नेता बृजेश्वर चौधरीद्वारा मानवीय उदाहरण प्रस्तुत

Date:

पर्सा पोस्ट, चैत ११ गते, वीरगञ्ज ।
जगरनाथपुर गाउँपालिकाका युवा नेता बृजेश्वर चौधरीले वडा नं. ५ का एक अति विपन्न परिवारलाई श्राद्ध कार्य सम्पन्न गर्न आवश्यक सहयोग उपलब्ध गराउँदै उदाहरणीय मानवीय कार्य गरेका छन्।

आर्थिक अभावका कारण श्राद्धका लागि आवश्यक सामग्री जुटाउन कठिनाइ भोगिरहेको उक्त परिवारलाई चौधरीले व्यक्तिगत पहलमा करिब रु. ५,५०० बराबरको २५ केजी खाने तेल सहयोग गरेका हुन्। उनको यस सहयोगले शोकमा परेको परिवारलाई ठूलो राहत मिलेको स्थानीयवासीले बताएका छन्।

स्थानीयका अनुसार, सहयोग अभावका कारण धार्मिक संस्कार पूरा गर्न असहज भइरहेको अवस्थामा यस्तो सहयोगले न केवल परिवारलाई सहज बनाएको छ, तर समाजमा सहकार्य र सहयोगको सकारात्मक सन्देश पनि फैलाएको छ। चौधरीको यो कदमले सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता झल्काउनुका साथै अन्यलाई पनि प्रेरित गर्ने विश्वास गरिएको छ।

सहयोग प्रदान गर्दै चौधरीले समाजका गरिब, असहाय तथा पीडित वर्गको साथमा सधैं उभिने प्रतिबद्धता व्यक्त गरे। “मसँग जे जति सम्भव हुन्छ, म दिनरात गरिब तथा असहायका लागि सहयोग गर्न तयार छु,” उनले भने।
यसै अवसरमा उनले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भगवानसँग स्वर्गमा स्थान प्राप्त होस् भनी प्रार्थना गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...