विपिन्न परिवारको श्राद्वमा सहयोग : युवा नेता बृजेश्वर चौधरीद्वारा मानवीय उदाहरण प्रस्तुत

Date:

पर्सा पोस्ट, चैत ११ गते, वीरगञ्ज ।
जगरनाथपुर गाउँपालिकाका युवा नेता बृजेश्वर चौधरीले वडा नं. ५ का एक अति विपन्न परिवारलाई श्राद्ध कार्य सम्पन्न गर्न आवश्यक सहयोग उपलब्ध गराउँदै उदाहरणीय मानवीय कार्य गरेका छन्।

आर्थिक अभावका कारण श्राद्धका लागि आवश्यक सामग्री जुटाउन कठिनाइ भोगिरहेको उक्त परिवारलाई चौधरीले व्यक्तिगत पहलमा करिब रु. ५,५०० बराबरको २५ केजी खाने तेल सहयोग गरेका हुन्। उनको यस सहयोगले शोकमा परेको परिवारलाई ठूलो राहत मिलेको स्थानीयवासीले बताएका छन्।

स्थानीयका अनुसार, सहयोग अभावका कारण धार्मिक संस्कार पूरा गर्न असहज भइरहेको अवस्थामा यस्तो सहयोगले न केवल परिवारलाई सहज बनाएको छ, तर समाजमा सहकार्य र सहयोगको सकारात्मक सन्देश पनि फैलाएको छ। चौधरीको यो कदमले सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता झल्काउनुका साथै अन्यलाई पनि प्रेरित गर्ने विश्वास गरिएको छ।

सहयोग प्रदान गर्दै चौधरीले समाजका गरिब, असहाय तथा पीडित वर्गको साथमा सधैं उभिने प्रतिबद्धता व्यक्त गरे। “मसँग जे जति सम्भव हुन्छ, म दिनरात गरिब तथा असहायका लागि सहयोग गर्न तयार छु,” उनले भने।
यसै अवसरमा उनले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भगवानसँग स्वर्गमा स्थान प्राप्त होस् भनी प्रार्थना गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...