अपाङ्ग व्यक्तिलाई घरमै पुगेर ह्विलचेयर सहयोग

Date:

पर्सा पोस्ट, चैत ०६ गते, वीरगञ्ज ।
उपकार सेवा नेपाल र क्विन ज्वेलर्सको समन्वय तथा सहयोगमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. ११ मा बसोबास गर्दै आएका एक शारीरिक रूपमा अशक्त व्यक्तिलाई घरमै पुगेर ह्वीलचेयर प्रदान गरिएको छ।

वीरगञ्ज–११ मिर्ली चोक निवासी ५५ वर्षीय लालबाबु नेपाली लामो समयदेखि शारीरिक अस्वस्थताका कारण हातखुट्टा चल्न नसक्ने अवस्थामा पुगेका छन्। विगत दुई वर्षदेखि ओछ्यानमै बस्न बाध्य रहेका उनलाई हिँडडुल गर्न निकै कठिनाइ भइरहेको थियो। परिवारका सदस्यहरूले कष्टपूर्वक हेरचाह गरिरहेको अवस्थाबारे जानकारी पाएपछि उपकार सेवा नेपालले पहल गर्दै घरमै पुगेर ह्वीलचेयर सहयोग गरेको हो।

ह्वीलचेयर हस्तान्तरण कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विध्या कुमारी सरावगी, सामाजिक अभियन्ता प्रकाश थारु, समाजसेवीहरू अमर सर्राफ, प्रज्वलमान डङ्गोल, दिप्पु बर्णवाल, सम्बन्धित वडाका अध्यक्ष अजय चौरासिया लगायत स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो।
उपकार सेवा नेपालले यसअघि पनि विभिन्न दुर्गम तथा पिछडिएका क्षेत्रहरूमा पुगेर असहाय तथा विपन्न व्यक्तिहरूलाई आवश्यक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...