रास्वपा पर्साद्वारा भ्रामक प्रचारप्रति सचेत रहन आग्रह

Date:

पर्सा पोस्ट , चैत ०७ गते, वीरगञ्ज ।
विगत केही दिनयता केही व्यक्ति तथा समूहहरूले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट वीरगञ्ज महानगरपालिका लगायत विभिन्न पालिकाहरूमा मेयर तथा वडाध्यक्ष पदका उम्मेदवार भएको दाबी गर्दै फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गरिरहेको पाइएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आज जारी गरिएको विज्ञप्तिमार्फत पार्टीले यस्ता भ्रामक तथा कपोल–कल्पित गतिविधिहरू तत्काल रोक्न र नगराउन सम्बन्धित सबैलाई सचेत गराएको छ। विज्ञप्तिमा रास्वपा पर्साले हालसम्म कुनै पनि पालिकामा कुनै पदका लागि उम्मेदवार तय नगरेको स्पष्ट पार्दै यस्ता गलत प्रचारमा विश्वास नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

जिल्ला कार्यसमिति पर्साका सचिव सुदिश  प्रजापतिको हस्ताक्षरसहित जारी उक्त विज्ञप्तिमा यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूहबाट सतर्क रहन समेत आग्रह गरिएको छ।

यसै सन्दर्भमा जिल्ला सभापति एवं पर्सा क्षेत्र नम्बर–१ का नवनिर्वाचित सांसद बुद्धि प्रसाद पन्त (हरि ) ले पनि कोही कसैले फैलाएको भ्रामक प्रचारप्रति विश्वास नगर्न र यस्ता गलत सूचनाको पछि नलाग्न आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...

बिरगंजमा सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । सशस्त्र प्रहरी बल...

विपन्न परिवारको बिहेवारीमा सहयोग : जगरनाथपुरमा खाद्यान्न वितरण

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–५...